शुक्रबार, असार २६, २०८३

विराट गोल्डकपको उपाधिका लागि एपीएफ र पञ्जाव भिड्ने

छैठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि  सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको पञ्जाव पुलिस क्लब शनिबार भिड्ने भएका छन्।
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

विराटनगर- छैठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि  सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको पञ्जाव पुलिस क्लब शनिबार भिड्ने भएका छन्।

प्रतियोगिताको अन्तिम स्पर्धामा नेपाली र विदेशी दुई विभागीय टिम आम्नेसाम्ने हुन लागेका हुन्। उपाधि होडमा रहेका दुवै टिम मैदानमा सशक्त रुपमा प्रस्तुत हुँदै नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन्। तर यसअघिका प्रतिस्पर्धामा सशक्त प्रदर्शन गरे पनि फाइनल जित्न भने दुवै टिमलाई सजिलो देखिएको छैन। 

गोल्डकप आयोजक समितिले शुक्रबार विराटनगरमा ‘प्रि-म्याच कन्फरेन्स’ गर्दै फाइनल प्रतिस्पर्धा शनिबार साँझ ६ बजेबाट सुरु हुने जानकारी दिएको छ। चिरपरिचित मैदानमा एपीएफले उपाधि नजिक पुग्ने क्रममा अर्को विभागीय टिम नेपाल पुलिस क्लब र घरेलु टिम विराटनगर महानगरपालिका–११ लाई निराश बनाएको थियो। विदेशी भूमिमा पाहुना टिमका रुपमा उपस्थित पञ्जाव भने गोर्खा ब्वाइज रुपन्देही, मच्छिन्द्र क्लब काठमाडौं र आहा–रारा गोल्डकप विजेता संकटालाई पाखा लगाउँदै फाइनल यात्रा सुरक्षित गरेको टिम हो। 

विराट गोल्डकपमा इतिहासमै पहिलो पटक सहभागिता जनाएको पञ्जावले यसअघिका तीनवटा खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो लक्ष्य पूरा गरिसकेको छ। नेपाली र विदेशी गरेर दुई विभागीय टिमबीचको फाइनल प्रतिस्पर्धा निक्कै रोचक हुने अपेक्षा गरिएको छ।

एपीएफको फाइनल यात्राका लागि महत्वपूर्ण भूमिका खेलेका ‘लेफ्ट डिफेन्स’ मानबहादुर राना पञ्जाव सँगको खेलमा मैदानमा देखिने छैनन्। दोहोरो पहेंलो कार्डका कारण बाहिरै रहनुपर्ने भएपछि एपीएफले उनको स्थानमा सन्तोष कटुवाललाई लैजाने भएको छ। एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले पुराना खेलाडी सम्मिलित टिमले मैदानमा विगतकै शैली अपनाउँदै खेल पस्किने उल्लेख गरे।

पञ्जावका सर्वजित सिंह र कप्तान जगदीप सिंह पनि मैदानमा ओर्लने छैनन्। गोलीगाँठोमा लागेको चोटका कारण खेल्न नसक्दा सर्वजित मैदानबाहिरै रहने छन्। बिहीबार राति भएको संकटासँगको सेमिफाइनल खेल (१–० गोल अन्तर) सकिएपछि झगडा गरेको भन्दै रेफ्री श्याम दनुवारले जगदीप र संकटाका साईद स्मार्टलाई रातो कार्ड दिएका थिए। दुवै खेलाडीले रातो कार्ड पाउँदा जगदीप भने एपीएफविरुद्ध फाइलन खेल्नबाट बञ्चित भएका हुन्। 

प्रतियोगिताको विजेता टिमले ट्रफीसहित नगद १५ लाख १५ हजार रुपैयाँ पाउने छ। उपविजेताले सात लाख ५१ हजार रुपैयाँमा चित्त बुझाउने छ।

प्रकाशित: Apr 16, 2021| 12:43 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।