आइतबार, वैशाख २७, २०८३

बाल कलाकार अभिनित कोदोको ढिँडो दोहोरी सार्वजनिक

बाल कलाकारहरुको अभिनय रहेको लोक दोहोरी गीत ‘कोदोको ढिँडो’ सार्वजनिक भएको छ।
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

काठमाडौं- बाल कलाकारहरुको अभिनय रहेको लोक दोहोरी गीत ‘कोदोको ढिँडो’ सार्वजनिक भएको छ।

National life

बिन्दाबासिनी म्युजिक कम्पनीको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको गीतमा बाल कलाकारसहित थुप्रै कलाकारहरुको अभिनय छ।
हिरा खनाल र गौतम शेर्पाको शब्द तथा बद्री पाठकको संगीत रहेको गीतमा हरि बीसी, सुनिता वली, महेश बिक्रम पाण्डे तथा रोशनी बुढामगरको स्वर छ।

यस्तै गीतको म्युजिक भिडियोमा बाल कलाकारहरु सम्बेक भुसाल, रितु सुनार तथा शिवन पोखरेल, करिश्मा ढकाल तथा सन्तोष कुमारको अभिनय रहेको छ।

म्युजिक भिडियोको निर्देशन शिवन पोखरेलले गरेका हुन् भने दिलिप राईले कोरियाग्राफी गरेका छन्।

महेश महराले छायांकन गरेको गीतको भिडियो राजन केसीले सम्पादन गरेका हुन्। गीतको संगीत संयोजन र मास्टरिङ महेश बिक्रम खड्काले गरेका छन्।

 

प्रकाशित: Apr 16, 2021| 11:40 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्