शुक्रबार, असार २६, २०८३

च्याम्पियन्स लिग : नेयमार बने प्लेयर अफ दि विक 

पेरिस सेन्ट जर्मेनका स्टार नेयमार यूरोपियन च्याम्पियन्स लिगको प्लेर अफ दि विक बनेका छन्।
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

काठमाडौं- पेरिस सेन्ट जर्मेनका स्टार नेयमार यूरोपियन च्याम्पियन्स लिगको प्लेर अफ दि विक बनेका छन्।

यूइएफएले भोटिङका आधारमा नेयमारलाई प्लेयर अफ दि विक घोषणा गरेका हो। रियल मड्रिडका कासिमिरो, चेल्सीको क्रिस्टियन पुलिसिच र म्यानचेस्टर सिटीका फिल फोडन समेत प्रतिस्पर्धामा थिए।  

तर नेयमार यी तीन खेलाडीलाई पन्छाउँदै प्लेयर अफ द विक बन्न सफल बने। पिएसजीले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा साविक विजेता वायर्न म्युनिखलाई हराउँदै सेमिफाइनलमा पुगेको छ।

गत सिजनमा वायर्नले पिएसजीलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको थियो। क्वार्टरफाइनलको दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेयमारले वायर्नको पोस्टमा ६ पटक प्रहार गरेका थिए। तीमध्ये तीन वटा टार्गेटमा थिए। 

च्याम्पियन्स लिगको सेमिफाइनलमा पिएसजीले म्यानचेस्टर सिटीसँग खेल्ने छ भने चेल्सीले रियल मड्रिडको सामना गर्नेछ।

प्रकाशित: Apr 16, 2021| 11:27 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।