शुक्रबार, असार २६, २०८३

चोटका कारण पारसले त्रिकोणात्मक सिरिज नखेल्ने

टी–२० त्रिकेटमा नेपालका उत्कृष्ट ब्याट्स्मेन पारस खड्काले शनिबार सुरु हुने त्रिकोणात्मक सिरिज गुमाउने भएका छन्।
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

काठमाडौं– टी–२० त्रिकेटमा नेपालका उत्कृष्ट ब्याट्स्मेन पारस खड्काले शनिबार सुरु हुने त्रिकोणात्मक सिरिज गुमाउने भएका छन्।

अभ्यास खेलको समयमा दायाँ काँधमा चोट लागेका कारण उनले खेल्न नपाउने भएका हुन्। 

उनले समामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्, ‘अभ्यास खेलका क्रममा गत आइतबार एउटा क्याच लिने प्रयास गर्दा मेरो दाहिने काँधमा चोट लागेको छ।’ 

डाक्टरको सल्लाहअनुसार उनी विगत पाँच दिन चिकित्सकको निगरानीमा छन्। अब उनी दुईदेखि तीन हप्तासम्म उनले आराम गर्नुपर्नेछ। 

‘मैले यो प्रतियोगिता गुमाउन गइरहेको छु। साथै विश्वकप छ प्रतियोगिता जित्न सक्ने खेलाडी हामीमाझ छन्,’ उनले भनेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सुरु हुने नेपाल–मलेसिया–नेदरल्यान्ड सम्मिलित खेलमा नेपालको टिम भने घोषणा भइसकेको छ। त्यसमा ब्याट्स्मेन खड्का पनि थिए।

प्रकाशित: Apr 16, 2021| 08:35 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।