शुक्रबार, माघ ९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • रियल मड्रिडको दाउः चौथोपटक डबल उपाधि जित्ने, युवा खेलाडीको मूल्य बढाउने

रियल मड्रिडको दाउः चौथोपटक डबल उपाधि जित्ने, युवा खेलाडीको मूल्य बढाउने

महँगा खेलाडीको ठूलो स्क्वाड भएको रियल आफ्ना युवा खेलाडीलाई नै महँगो बनाउने दाउमा लागेको छ। 
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

काठमाडौं - सिजन सकिन ६ हप्ता मात्र बाँकी रहँदा पनि स्पेनिस ला लिगाको उपाधि दाबेदार रियल मड्रिडले फरवार्ड लाइनमा सम्झनलायक प्रदर्शन गरेको छैन।

National life

ला लिगा र च्याम्पियन्स लिग दुवैको उपाधि उचाल्न तयार रहेको रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान पनि उपाधि टाढा नभएको ठान्दछन्। अझ जिदान त आफ्नै कार्यकालमा रियल मड्रिडबाट चारपटक च्याम्पियन्स लिग जित्ने दाउमा देखिन्छन्।

पछिल्ला खेलबाट पनि रियल मड्रिडले ला लिगामा शीर्षस्थानमा रहेको एट्लेटिको मड्रिडसँग अंक दूरी घटाएको छ। यससँगै उसले लिग उपाधि जीवित राखेको हो।

क्वार्टरफाइनलमा लिभरपुललाई हराएको रियलले अब च्याम्पियन्स लिगमा चेल्सीको सामना गर्दैछ। यससँगै ऊ अहिले फोर्थ डबलको चाहनामा छ। यसअघि पनि रियलले १९५६–५७, १९५७–५८ र २०१६–१७ मा दुवै ला लिगा र च्याम्पियन्स लिग जितेको थियो।

अहिले रियल मड्रिड सोही उपाधि दोहोर्‍याउने दाउमा छ।

Laxmi sunrise bank
kumari

चार खेलाडीको मूल्य बढाउँदै 

महँगा खेलाडीको ठूलो स्क्वाड भएको रियल आफ्ना युवा खेलाडीलाई नै महँगो बनाउने दाउमा लागेको छ। यसकारण उसले भिनिसियस जुनियर, फेडे भालभर्डे, रोड्रिगो गोज र मार्टिन आडेगार्डको मूल्य अनटचेबल बनाउन लागेको हो।

यी खेलाडीलाई रियलले आफ्नो भविष्यसँग जोडेर हेर्ने जनाएको छ। यस्तै विचार रियलले थिबाउट क्राेटुवा, कासिमेरो, टोनी क्रुस र करिम बेञ्जेमामाथि पनि राखेको छ।

तर, रियलको योजनाले लोनबाट फर्किँदै गरेका ग्यारेथ बेल, मार्सेलाे र स्कोलाई भने नसेमेट्ने देखिन्छ। क्लबले मारियानो डियाज, लुका जोविकलगायतका केही खेलाडीलाई पनि क्लबबाहिर जान स्वीकृति दिन सक्ने छ।

कप्तान सर्जियो रामोससँग रियलको सम्झौता अगामी जुनमा सकिँदै छ। रियलमा उनको प्रदर्शन लोभलाग्दो देखिन्छ। यसकारण रियलले रामोसबारे भने सोच्ने छ। अहिलेको स्क्वाडमा भएका खेलाडीबाहेक रियलले फ्रान्सका केलियन एम्बाप्पे वा नर्वेका इर्लिङ हल्यान्डमध्ये एकलाई क्लबमा भित्र्याउने पहल जारी राखेको छ।

प्रकाशित: Apr 16, 2021| 07:35 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।