शुक्रबार, असार २६, २०८३

यस्तो बन्यो च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण

जारी सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनलका सबै खेल सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ।
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

काठमाडौं – जारी सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनलका सबै खेल सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ।

आठ टिम सम्मिलित क्वार्टरफाइनलबाट बायर्न, पोर्टो, लिभरपुल र बोरुसिया डर्टमन्ड बाहिरिँदा उनीहरूलाई पराजित गर्दै क्रमशः पीएसजी, चेल्सी, रियल मड्रिड र म्यानचेस्टर सिटी अन्तिम चारमा प्रवेश गरेका हुन्।

अब फाइनल प्रवेशका लागि स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै फ्रेन्च क्लब पीएसजीले प्रिमियर क्लब सिटीको सामना गर्नेछ।

अब सेमिफाइनल खेल अप्रिल २७ मा पहिलो लेगको खेल हुनेछन् भने दोस्रोे लेगको खेल मे चारमा हुनेछन्।

रियलसँग लिभरपुल पराजित

क्वार्टरफाइनलको बुधबार राति सम्पन्न खेलमा लिभरपुललाई ३–१ गोलले पछि पार्दै रियल मड्रिड शीर्ष चारमा पुगेको हो।

रियलको मैदानमा भएको खेलमा ३–१ गोलको जित घरेलु टिमले निकालेको थियो। तर, गएराति एनफिल्डमा भएको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा रोकियो।

यसकारण पहिलो लेगको नतिजा नै अन्तिम नतिजा बन्यो।

सिटीसँग डर्टमन्ड पराजित

जर्मन क्लब बोरुसिया डर्टमन्डले म्यानचेस्टर सिटीसँग दुवै खेलमा समान २–१ र २–१ गोलको हारसँँगै समग्रमा ४–२ गोलको हार बेहोरेपछि सिटी अर्को चरणमा प्रवेश गरेको हो।

बुधबार राति वेस्टफलन रंगशालामा भएको खेलमा जुडे बोलिङ्घमले १५ औं मिनेटमा बनाएको अग्रता तोड्दै सिटीका रियाल महरेज र फिल फोडेनले गोल गरेपछि सिटीले दोस्रो पटक पनि २–१ गोलकै जित निकालेको थियो।

प्रकाशित: Apr 16, 2021| 01:35 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।