शुक्रबार, असार २६, २०८३

पञ्जाव पुलिस विराट गोल्डकपको फाइनलमा

पञ्जाव पुलिस क्लव विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। विहीबार राती सम्पन्न अन्तिम सेमिफाइनल खेलमा आहा रारा गोल्डकप च्याम्पियन संकटा क्लबलाई १–० ले हराउँदै पञ्जाव उपाधि नजिकपुगेको हो।
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

विराटनगर – पञ्जाव पुलिस क्लव विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। विहीबार राती सम्पन्न अन्तिम सेमिफाइनल खेलमा आहा रारा गोल्डकप च्याम्पियन संकटा क्लबलाई १–० ले हराउँदै पञ्जाव उपाधि नजिकपुगेको हो। पञ्जावले शनिबार शसस्त्र प्रहरीको एपीएफसँग उपाधिका लागि खेल्ने छ।

पहिलो पटक विराट गोल्डकपमा भागलिएको पञ्जावका खेलाडी परमजीत सिंहले खेलको ७५औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो। हरजीन्द्र सिंहले निकालि दिएको क्रस पासलाई परमजीतले पेनाल्टी एरिया नजिकदेखि गरेको प्रहार गोलमा परिणत भयो। 

यसअघि संकटाले आहा रारा गोल्डकपमा क्यामरुनलाई सेमिफाइनलमा ४–२ गोलले हराउँदै उपाधि जितेको थियो। संकटाले दोस्रो पटक विराट गोल्डकपको उपाधि जित्ने सपना चकनाचुर भयो। दोस्रो हाफपछि संकटाले खेल बराबरीमा ल्याउन आक्रामक खेल खेले पनि सफल हुनसकेन। खेलको ६६, ७३ र ८९औं मिनेटमा पनि संकटाले गोल गर्ने अवसर पाएकोमा सदुपयोग गर्न नसक्दा सेमिफाइनलदेखि बाहिर बाध्य भयो। 

खेलको म्यान अफ द म्याच पन्जावको निर्णायक गोल गर्ने परमजित सिंह घोषित भए। उनले नगद १० हजार प्राप्त गरे। 

दुई खेलाडीलाई रेडकार्ड

खेल सकिएपछि संकटा र पन्जावका खेलाडीबिच झगडा भएपछि दुई जना खेलाडीले रेड कार्ड पाएका छन्। पंजावका कप्तान जगदीप सिंह र संकटाका  खेलाडी सहिद स्माटले रेड काड पाएका हुन्। 

रेफ्री श्याम दनुवारले खेल सकिएको घोषण गरेसँगै संकटा र पन्जावका खेलाडी वीच भनाभन भएको थियो। रेड कार्ड पाएसँगै पञ्जावका कप्तान जगदीपले फाइलनमा खेल्न नपाउने भएका छन्।

प्रकाशित: Apr 16, 2021| 01:01 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।