शुक्रबार, फागुन १५, २०८२

‘दुष्प्रयास’ असार २५ मा रिलिज हुने

महिला हिंसा, हत्या, अपहरणलगायतका आपराधिक गतिविधिविरुद्ध आवाज उठाइएको फिल्म ‘दुष्प्रयास’ आगामी असार २५ गते रिलिज हुने भएको छ।
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

काठमाडौं- महिला हिंसा, हत्या, अपहरणलगायतका आपराधिक गतिविधिविरुद्ध आवाज उठाइएको फिल्म ‘दुष्प्रयास’ आगामी असार २५ गते रिलिज हुने भएको छ।
रिता देवी मुभिजद्वारा निर्माण गरिएको फिल्मको मंगलबार राजधनीमा फस्टलुक सार्वजनिकसँगै फिल्मको रिलिज मिति सार्वजनिक गरिएको हो।

National life

फस्टलुकको नेकपा माओवादी स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री देव गुरुङले अनावरण गरे। कार्यक्रममा फिल्मका कथाकार तथा निर्देशक दिनेश लिङ्देनले कोभिड महामारीको अवस्थामा पनि आफूले जोखिम मोलेरै फिल्म रिलिज गर्ने बताए।

फिल्ममा निशा पोमु लिम्बु, सोम लामा, प्रिजन श्रेष्ठ, सुस्मिता कार्की, अजय खड्का, कल्याण राई, निरु महत, देविका खड्का, प्रदीप योङहाङ, दिलिप ठकुरी, महेन्द्रकुमार राई, विवेक बेघा लिम्बु, छेवाङ लामा तथा बाल कलाकार सुदिता लिङदेनको अभिनय छ।

दिनेश लिङ्देनको कथा र निर्देशन रहेको फिल्ममा जानु काम्बाङ लिङ्देन र शंकर अधिकारी घायलको गीत, विकास चौधरी, राजकुमार बगरको संगीत, राजेशपायल राई, अमृता लिम्बु, दिनेश लिङ्देन र श्रेयसी चेम्जोङको स्वर छ।

सुमित लिङ्देनको प्रस्तुति रहेको फिल्ममा जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द्व र ज्ञानु राईको छायांकन छ।
रिता देवी मुभिज तथा नेपाल चलचित्र युवा मञ्चको आयोजनामा भएको कार्यक्रममा त्रिभुवन लुम्फुङवा, डा. सुनिता भट्टराई, मेकबहादुर मगर, प्रेम आले मगर, बाल कलाकार दिविसा साप्कोटा, भीम थेबे लिम्बुलगायतलाई सम्मान गरिएको थियो। 

Laxmi sunrise bank

प्रकाशित: Apr 15, 2021| 12:43 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्