भक्तपुर– बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले बिहीबार बिहानैदेखि हर्षोल्लासका साथ सिन्दूर खेलेर ३२ खट जात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन्।
थिमिका टोलटोलबाट विभिन्न देवताका मूर्ति राखिएको खट बोकेर सिन्दूर खेल्दै पूजाआजाका साथ सो जात्रा मनाइन्छ।
थिमिमा मात्र मनाइने सो जात्रामा एकअर्कालाई सिन्दूर दलेर स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ल्याइन्छ।
बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो।