मंगलबार, चैत १०, २०८२

एस्ट्राजेनेका भ्याक्सिन : डेनमार्कले किन लगायो प्रतिबन्ध?

डेनमार्कले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना भ्याक्सिन प्रयोगमा रोक लगाएको छ। एस्ट्राजेनेकाको कोरोना भ्याक्सिन प्रयोगमा रोक लगाउने डेनमार्क पहिलो यूरोयिन देश बनेको छ। 
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

काठमाडौं – डेनमार्कले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना भ्याक्सिन प्रयोगमा रोक लगाएको छ। एस्ट्राजेनेकाको कोरोना भ्याक्सिन प्रयोगमा रोक लगाउने डेनमार्क पहिलो यूरोयिन देश बनेको छ। 

National life

यो खोपका कारण केही मानिसमा रगत जम्ने समस्या देखिएकाले प्रयोगमा रोक लगाइएको हो। यद्यपी यस्ता खालका घटना दुर्लभ नै भएको बताइएको छ। 

डेनमार्कको यो कदमले खोप अभियान केही समय पर धकेलिने छ। यूरोपमा औषधीमा निगरानी गर्ने संस्था यूरोयिन मेडिसिन एजेन्सीले रगत जम्ने समस्या भ्याक्सिनका कारणले हुन सक्ने बताएको छ। यद्यपी यो संस्थाले रगत जम्ने समस्याको तुलनामा कोरोनाका कारणले हुने मृत्यु धेरै हुने बताएको छ।

यूरोपका अन्य देशलेसमेत यो भ्याक्सिनको प्रयोग केही समयका लागि रोकिसकेका छन्। अधिकांश युरोपियन देशमा एस्ट्राजेनेकाको भ्याक्सिन लगाइएको छ। मंगलबार अमेरिका, क्यानडा र यूरोपियन यूनियनले जोनसन एन्ड जोनसको भ्याक्सियनको प्रयोग यही कारणले रोकेका छन्। 

दक्षिण अफ्रिकामा समेत यही कारणले जोनसन एन्ड जोनसको भ्याक्सिन प्रयोगमा रोक लगाइएको छ। कोरोना भाइरसको दक्षिण अफ्रिकी भेरिएन्ट माथि जोनसन एन्ड जोसनको भ्याक्सिन प्रभावकारी देखिएको छ। यो दक्षिण अफ्रिकामा रुचाइएको भ्याक्सिन हो। तर, पनि यसको प्रयोगमा रोक लगाइएको छ। 

Laxmi sunrise bank
kumari

एस्ट्राजेनेका र जोनसन एन्ड जोनसनको भ्याकिसनका साइडइफेक्टका कारढा रगत जम्ने घटना निकै दुर्लभ भएको बताएको छ। दुवै भ्याक्सिनले एकै किसिमले काम गर्छन्। 

डेनमार्कले भ्याक्सिन प्रयोगमा रोक लगाउनुको कारण के? 

डेनमार्कका स्वास्थ्य अधिकारिहरूका अनुसार अध्ययनले यो भ्याक्सिनका कारण रगत जम्ने देखिएको दावी गरेका छन्। यो समस्याबाट हरेक ४० व्यक्ति मध्ये एक व्यक्ति प्रभावित भइरहेको उनीहरूको दावी छ। 

एएफीको एक रिपोर्टका अनुसार डेनमार्कमा रगत जम्ने समस्या दुई जनामा देखिएको छ। र, त्यो भ्याक्सिनसँग सम्बन्धित रहेको बताइएको छ। यी मध्ये एक ६० वर्षीया महिलाको मृत्यु भएको छ। 

डेनमार्कको सरकारले यो निर्णयमा पुग्नु निकै कठिन भएको बताएको छ। तर, भ्याक्सिनको दोस्रो विकल्प समेत रहेको बताएको छ। अहिले डेनमार्कमा महामारी नियन्त्रणमा छ। 

डेनमार्कमा हालसम्म करिब १० लाख मानिसमा भ्याक्सिन लगाइएको छ। जसमध्ये डेढ लाखलाई एस्ट्राजेनेकाको भ्याक्सिन लगाइको छ। डेनमार्कमा फाइजर बायोनटेक र मोडर्ना भ्याक्सिन प्रयोग गरिएको छ। बीबीसी हिन्दीबाट

प्रकाशित: Apr 15, 2021| 07:40 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्