शुक्रबार, कात्तिक २८, २०८२

जब शाहरुखलाई मुम्बईबाट निकाल्नुपर्छ भनिएको थियो...

बलिउडका  किङ खान अर्थात रोमान्स किङ शाहरुख खानलाई  कुनै दिन सपना नगरी मुम्बाईबाट निकाल्ने  कुरा बाहिरिएको थियो।
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

बलिउडका  किङ खान अर्थात रोमान्स किङ शाहरुख खानलाई कुनै दिन सपना नगरी मुम्बाईबाट निकाल्ने  कुरा बाहिरिएको थियो।

National life

सन्  २०१८  मा फिल्म फेयर  म्यागेजिनसँग  कुरा गर्दे  शाहरुखले पुराना दिनको याद गर्दे कुनै  दिन आफूलाई मुम्बइबाट निकाल्ने कुरा आएको बताएका छन्।

आफ्नै बलबुतामा पहिचान बनाएका शाहरुखले बलिउडलाई थुप्रै सुपरहिट फिल्म दिएका छन्।

फिल्म फेयरसँगको कुराकानीमा खानले अशोक बैंकरले आफूबाट मुम्बईलाई खतरा भएको भन्दै निकाल्नुपर्ने बताएको खुलासा गरेका छन्।

बाहिरबाट आएका अभिनेताहरुले सुपरडुपर  हिट सिनेमा दिन थालेपछि मुम्बई डराएको थियो।

Laxmi sunrise bank
kumari

मुम्बईका हुनेखाने तथा अरुको बलबुतामा अभिनय गरिरहेकाहरूलाई शाहरुखको क्षमता देखेर डर  थियो। उनीहरूलाई शाहरुख हिट भए आफूहरूको अवस्था के हुने भन्नेबारे चिन्ता थियो।

यति मात्रै होइन उनीहरूले शाहरुखलाई अन्डरवल्र्डसँग मिलेर आफू र  सर्वसाधारण दर्शकलाईसमेत मार्न लगाएको आरोप  लगाएका थिए।

‘कसैले मलाई दुःखी बनायो। यसमा केहि छैन्। तर, मैले घरका लागि निकै धेरै पैसा तिरेको थिए। कसैले मलाई निकाल्न सक्ने अवस्था थिएन। मलाई यहाँ गएर बस भन्ने पनि कसैको हिम्मत थिएन,’उनले भने।

शाहरुख  खान अहिले फिल्म पठानमा काम गरिरहेका छन्। जसमा अभिनेत्री दिपिका पादुकोण र अभिनेता जोन अब्राहम पनि रहेका छन्।

प्रकाशित: Apr 15, 2021| 07:23 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्