शुक्रबार, कात्तिक २८, २०८२

सार्वजनिक भयाे 'एरर्स अफ गड'को फर्स्ट लुक

वेब सिरिज ईओजी (एरर्स अफ गड) को फर्स्ट लुक सार्वजनिक भएको छ। 
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

काठमाडौं - वेब सिरिज ईओजी (एरर्स अफ गड) को फर्स्ट लुक सार्वजनिक भएको छ। कलासी प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिरिजको निर्देशन प्रकु पाण्डेले गरेका छन्। 

National life

आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानिसको रुपमा आएका भगवानहरुको कथालाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको निर्माता सगुन पोख्रेलले जानकारी दिइन्। 

सिरिजको कथा संगीत सापकोटाको लेखेका हुन्। सिरिजमा विकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, युनिसा ढुंगाना ‘सरिता’को साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाल लगायत रंगमञ्चका ५० भन्दा बढी कलाकारहरुको अभिनय छ।

सिरिजमा क्राइसिस ज्याक (कृष्ण) को छायांकन, रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन रहेको निर्माता पाेख्रेलले बताइन्। उनका अनुसार सिरिजको प्रदर्शन मितिबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइने छ। 

प्रकाशित: Apr 14, 2021| 14:00 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्