सोमबार, चैत २, २०८२

नेपथ्यले अमेरिकी सहर घन्काउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं । स्थापनाको रजत वर्ष मनाइरहेको नेपथ्य ब्याण्डले आगामी विदेश यात्रा अमेरिकाको गर्नेभएको छ । उक्त मुलुकको दक्षिणवर्ती राज्य टेक्सासको डालास सहरबाट सुरु हुने यसपटकको सांगीतिक यात्रा उत्तरपूर्वी कुना बोस्टनमा पुगेर सम्पन्न हुनेछ । अमेरिकाका यी दुवै महत्वपूर्ण सहरमा नेपथ्य पहिलोपटक प्रस्तुत हुनलागेको हो ।

यात्राको पहिलो प्रस्तुती जुन ९ तारिखका दिन डालासस्थित ‘द बम फ्याक्ट्री’ कन्सर्ट हलमा हुनेछ ।

‘नेपथ्यलाई डालासमा प्रस्तुत गर्न पाउँदा असाध्यै खुशी लागेको छ,’ आयोजक समूहका तर्फबाट डिजे मोमोले भने, ‘यो ब्याण्ड तीन वर्षअघि न्यूयोर्कमा कन्सर्टका निम्ति आएका बेलादेखि हाम्रो सहरमा पनि निम्त्याउने प्रयास गर्दै आएका थियौं।’

ब्याण्डहरुको अन्तर्राष्ट्रिय प्रदर्शनका बेला अपनाइनुपर्ने ब्यवस्थापन सम्वन्धि अड्चनका कारण यो प्रकृया लम्बिन पुगेको उनले जानकारी दिए ।

‘त्यसपछि फेरि दुइ वर्षअघि अमेरिका आइपुगेको नेपथ्यलाई भेट्न हामी आयोजनास्थल सानफ्रान्सिस्को पनि पुगेका थियौं,’ उनले थपे, ‘त्यतिबेलै तय हुनसकेको कार्यक्रम मुताबिक डालासमा यसपटक आयोजना सम्भव भएको हो ।’

डालासमा बस्दैआएको नेपाली समुदायकै निम्ति यो खुशीको क्षण हुने उनी बताउँछन् । त्यहाँस्थित समूह ‘डिटी’ र ‘मोमो इन्टरटेनमेन्ट’ले नेपथ्य यात्राको व्यवस्थापन गर्दैछ ।

नेपथ्यले सामुहिक रुपमा पहिलोपटक सन् २००४ मा अमेरिकाको यात्रा गरेको थियो । त्यतिबेला ब्याण्डले एरिजोनाको फिनिक्स र राजधानी सहर वासिंगटन डिसीमा कन्सर्ट गरेको थियो । त्यसपछि पनि तीनपटक अमेरिकाको यात्रा गरिसकेको यस ब्याण्डले हालसम्म लस एन्जलस, एटलान्टा, न्यूयोर्क र सानफ्रान्सिस्कोका मञ्चहरुमा आफूलाई उभ्याइसकेको छ । ब्याण्डको यो पाँचौ अमेरिका यात्रा हो ।

डालासमा आफूलाई प्रस्तुत गरिसकेपछि नेपथ्य समूहले केहि रेकर्डिङ सम्वन्धि परामर्शका कामहरुमा आफूलाई ब्यस्त राख्नेछ । त्यसपछि चाहिँ ब्याण्ड जुन २४ तारिखका दिन बोस्टनको ‘रोयाल बोस्टन हल’ तताउनका लागि त्यसतर्फ जानेछ ।

‘नेपथ्य हरेकपटक नजिकैको न्यूयोर्क सहरमा कन्सर्टका निम्ति आउँदा हामी साथीभाइहरु आफ्नो सहरमा यो ब्याण्डलाई कसरी ल्याउने भनेर चर्चा गथ्र्यौं,’ आयोजक बोस्टन तमु समाजकी सम्झना गुरुङ भन्छिन्, ‘यसपटक भने ‘जात्रा नेपाल’मा आवद्ध हाम्रा साथीहरु यस ब्याण्डको सम्पर्कमा आएको थाहा पाउनेबित्तिकै यो मौका हामीले छोपेका हौं ।’

बोस्टनको कन्सर्ट ‘जात्रा नेपाल’ र ‘बोस्टन तमु समाज’ले मिलेर आयोजना गर्नलागेका हुन् ।

‘अन्ततः बोस्टनमा पनि नेपथ्य आउनलागेकामा असाध्यै खुशी लागिरहेको छ,’ अर्का आयोजक जात्रा नेपालका उज्ज्वल धौभडेल भन्छन्, ‘सम्पूर्ण प्राविधिक तयारीहरु सम्पन्न गरिसकेका छौं र यो कन्सर्टलाई अविष्मरणीय बनाउनका निम्ति हामीले कुनै कसर बाँकी राख्ने छैनौं ।’

नेपथ्यले स्थापनाको २५ औं वर्ष उत्सवकै श्रृंखलामा यी दुवै कन्सर्ट पनि अटाउने छन् ।

‘रजत वर्षका क्रममा हामीले नेपाल भित्र र बाहिर थुप्रै यात्रा गर्दै आएकोमा संसारभरि छरिएर रहेका नेपथ्य प्रेमीहरुले देखाउनुभएको माया र सद्भावका प्रति हामी आभारी छौं,’ ब्याण्डका मुख्य गायक तथा अगुवा अमृत गुरुङ भन्छन्, ‘बोस्टन र डालासका नेपाली दाजुभाइ दिदीबहिनीहरुका अगाडि नेपालीपनको नेपथ्य प्रस्तुत गर्ने क्षण हामी उत्साहका साथ प्रतिक्षा गरिरहेका छौं ।’

गैरआवासीय नेपालीहरुको संगठन ‘एनआरएन’का अनुसार अमेरिकामै उल्लेख्य संख्यामा नेपालीहरुको बसोबास रहेका सहरको रुपमा डालास र बोस्टन चिनिन्छन् ।

‘नेपथ्यको कार्यक्रममा गैरनेपाली दर्शकको उपस्थिति बढ्दो छ, यो क्रम डल्लास र बोस्टनमा पनि अपेक्षा गरेका छौँ ं,’ नेपथ्यलाई प्रस्तुत र प्रवद्र्धन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘हामी अमेरिकामा बसोबास गर्दैआएका नेपालीहरुलाई उतै जन्मे हुर्केका दोश्रो पुस्तालाई साथै ल्याएर उनीहरुको पहिचानसँग नजिक्याउने सुझाव पनि दिन्छौं ।’

भ्रमणदलमा मुख्य गायक अमृत लगायत सांगीतिक, प्राविधिक र व्यवस्थापन टोली साथै रहनेछ । डालास र बोस्टनको कार्यक्रम पछी नेपथ्य टोली जुन २७ तारिखमा काठमाडौं फर्किने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।