शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गगनको प्रश्न– एसएसबीले तुइन काटेको प्रमाणित भए भारतसँग लड्न सक्छ नेपाल?

गगनको प्रश्न– एसएसबीले तुइन काटेको प्रमाणित भए भारतसँग लड्न सक्छ नेपाल?

नेपाली कांग्रेसका नेता गगन थापाले महाकालीमा एसएसबीले तुइन काटेको प्रमाणित भए नेपालले भारतसँग लड्नुपर्ने बताएका छन्।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले महाकालीमा एसएसबीले तुइन काटेको प्रमाणित भए नेपालले भारतसँग लड्नुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा नेता थापाले जयसिंह धामीको विषयमा सत्यतथ्य आइसकेपछि, उनको अवस्था पत्ता लागेपछि भारतसँग लड्नुपर्ने बताएका हुन्। उनले भारतले जसरी इटालीसँग लडेको थियो, त्यसरी नै सरकारले डटेर लड्नुपर्ने बताएका हुन्। 

केरलाको सामुद्रिक तटनजिक इटालीका सैनिकले दुईजना भारतीय मछुवारको हत्या गरिदिएपछि भारतीय सरकार चार वर्षसम्म लगातार लडेको थियो। भारतले लगातार लडेर आफ्ना दुईजना मछुवारलाई न्याय दिलाउन इटालीलाई बाध्य पारेको थियो। 

साउन १५ गते दार्चुलाको ब्यासस्थित मालघाटको महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिएर बेपत्ता भएका युवक जयसिंह धामीको पक्षमा नेपालले भारतसँग दह्रोसँग लड्नुपर्ने बताएका हुन्। 

आफ्ना दुई मछुवारलाई हत्या गरिदिएको विरोधमा इटालीसँग भारतले लगातार लडेको प्रसङ्ग उठाउँदै थापाले नेपाल सरकारले पनि अहिले जयसिंह धामीको केसमा त्यसैगरी लड्नुपर्नेमा जोड दिए। 

'भारतीय सीमा सुरक्षा बल, एसएसबीको कुनै संलग्नता नरहेको भन्ने जिकिर गरेको सञ्चार माध्यममा आयो। सत्य के हो? भारतीय पक्षले आधिकारिक रुपमा आफ्नो पक्षको संलग्नता नभएको भनेर भनेको हो? यदि भारतले यस्तो दाबी गरेको हो भने सरकारले गठन गरेको छानबिन समितिलाई कस्तो सहयोग गर्ला? हाम्रो छानबिन समितिले सत्य तथ्य पत्ता लगाएर बाहिर ल्याउँछ भन्ने कुराको विश्वास गृहमन्त्रीले हामीलाई कसरी विश्वास दिलाउनुहुन्छ? उनले भने।

प्रकाशित: Aug 03, 2021| 15:13 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...