आइतबार, कात्तिक ३०, २०८२

प्याक सो विथ टु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं । पर्फ्र्मिङ आर्ट क्रिएसनले आफ्नो युट्युब च्यानलमार्फत ‘प्याक सो विथ टु’ नामक कार्यक्रम ल्याएको  छ । पछिल्लो समय सामाजिक सञ्जाल युट्युबमार्फत नेपालमा पनि विभिन्न किसिमका मनोरञ्जनात्मक तथा अन्तरवार्तामा आधारित कार्यक्रमहरु धमाधम सार्वजनिक भइरहेको अवस्थामा पर्फ्र्मिङ आर्ट क्रिएसनले भने दर्शकमाझ स्तरीय कार्यक्रम प्रस्तुत गर्ने सोचका साथ यो कार्यक्रम लिएर आएको कार्यक्रमका निर्देशक एवं चलचित्र निर्देशक कमल एक्चै मगरले जानकारी दिए ।

शुक्रबार सार्वजनिक भएको कार्यक्रम कलाकार तथा मोडल मुना कार्कीले सञ्चालन गरेकी छन् । कार्यक्रमको पहिलो एपिसोडमा युवा चलचित्र निर्देशक दीपक ओली र कलाकार तथा रङ्गकर्मी भोला सापकोटासँगको भलाकुसारी हेर्न सकिने छ ।

युट्युबमार्फत हरेक शुक्रबार साप्ताहिक रुपमा यो कार्यक्रम सार्वजनिक गरिने कार्यक्रमका निर्माता कमल रानाले जानकारी दिए । पर्फ्र्मिङ आर्ट क्रिएसनको संक्षिप्त नाम ‘प्याक’ र कार्यक्रमको हरेक एपिसोडमा दुई जना अतिथिलाई प्रस्तुत गरिने भएकाले कार्यक्रमको नाम ‘प्याक सो विथ टु’ राखिएको कार्यक्रम प्रस्तोता मुना कार्कीले जानकारी दिइन् । 

पछिल्लो समय नेपालमा युट्युबमार्फत थुप्रै किसिमका कार्यक्रम सार्वजनिक हुने गरे पनि कतिपय कार्यक्रम भने अश्लिल र धेरै दर्शक तान्ने उद्देश्यले मात्रै निर्माण गर्ने गरिएको छ । 

विदेशी युट्युबरहरुले स्तरीय र राम्रा कार्यक्रम निर्माण गर्ने गरे पनि नेपालमा भने युट्युब च्यानलकै लागि भनेर त्यस्ता कार्यक्रम निर्माणको संख्या निकै कम छ । ‘प्याक सो विथ टु’ ले राम्रो र स्तरीय कार्यक्रम हेर्न चाहने युट्युबका नेपाली दर्शकको चाहना पूरा गर्ने निर्देशक मगरले विश्वास व्यक्त गरे । कार्यक्रमको प्रस्तुतिसँगै प्राविधिक पक्ष पनि निक्कै राम्रो रहेको उनको भनाइ छ । 
भिडियो हेर्नुहोस्
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्