दाङ- कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीको गफ वायुपंखी घोडाको जस्तो भए पनि सरकारको चाला भने बयलगााडाको जस्तो रहेको टिप्पणी गरेका छन्।
उनले भने, 'सरकारले नारा र गफ मात्रै बढी दिइरहेको छ । त्यो गतिमा काम हुन सकेको छैन। बयलगाढाको गतिमा सरकार अघि बढिरहेको छ।'
वर्तमान सरकारले ल्याएको बजेट यथार्थपरकभन्दा पनि बढी महत्वाकांक्षी भएको बताए । प्रेस युनियन दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले निजी क्षेत्रलार्इ बजेटले समेट्न नसकेको बताए । उनले भने, ‘करको दर बढाउने होइन, यसले नागरिकलाई व्ययभार थप्छ, त्यसैले दरभन्दा दायरा बढाउनु उपयुक्त हुन्थ्यो ।’
कांग्रेस लगातार नहार्ने र लगातार नजित्ने पार्टी भएको बताउँदै पार्टीभित्र देखिएको गुटबन्दी र वामपन्थी एकताका कारण पराजय भोगेको बताए।
कांग्रेसले जिम्मेवार प्रमुख प्रतिपक्षीका रूपमाा सत्ताको पहरेदारी गर्ने र असल काममा रचानात्मक समर्थन गर्ने बताए । बहुमत छ भन्दैमा कांग्रेसलाई पूरै उपेक्षा गरेर कम्युनिस्ट अघि बढ्न खोजेमा त्यसले दुर्भााग्य मात्रै निम्त्याउने बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४