बुधबार, वैशाख ३०, २०८३

बलिउड छोड्न चाहन्थे अभिषेक

अभिनेता अभिषेक बच्चन फिल्म 'द बिग बुल' लाई लिएर चर्चामा छन्।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

अभिनेता अभिषेक बच्चन फिल्म 'द बिग बुल' लाई लिएर चर्चामा छन्।

National life

फिल्म रिलिजपछि दर्शकहरूले थुप्रै प्रतिक्रिया दिइरहेका छन्। केही मानिसले अभिषेकको फिल्म राम्रो भएको जनाएका छन्। केहीले अभिनय नै गर्न नजानेको भन्दै उनको आलोचना गरेका छन्।

अभिषेकले अहिले मात्र नभएर पहिले पनि यो गुनासोको सामान गरिसकेका छन्।

करिअरको सुरुवाति चरणमा अभिषेकले यस्ता टिप्पणीबाट आत्तिएर बलिउडबाट अलग्गिने निर्णय गरेका थिए। तर, बुवाको सुझावले उनीलाई रोकिदियो।

हालै आरजे सिद्धार्थ कननलाई दिएको अन्तरवार्तामा अभिषेकले कुनै बेला आफूलाई फिल्मका लागि जन्मिएको नलाग्ने गरेको बताए।

'पब्लिक प्लेटफर्ममा असफल हुनु निकै पीडादायक हुन्छ। त्यो बेला सामाजिक सञ्जाल थिएन। तर, मैले केही मानिसले मलाई राम्रो नराम्रो भनिरहेको सञ्चारमाध्यमबाट थाहा पाए', उनले भने।

उनले धेरैले आफूलाई अभिनय नै नआउने बताउने गरेकाले निकै दु:खी तुल्याउने गरेको बताए। उनले यस्ता प्रतिक्रियाले आफूलाई इन्डस्ट्रिमा आउनु भूल भएको लाग्ने गरेको बताए।

उनले आफूले बुवा अभिषेकलाई भेटेर इन्डस्ट्रिका लागि नबनेको बताएका थिए।

अभिषेकलाई अभिताभले आफूले कहिल्यै जिम्मेवारिबाट भाग्नुपर्छ भन्ने परिवेस नदिएको बताएका थिए। प्रत्यक दिन बिहान उठेर करिअरका लागि कडा मेहेन गर्न अमिताभले सुझाएका थिए। र, अमिताभको सुझावलाई अभिषेकले माने। त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन।

प्रकाशित: Apr 12, 2021| 05:50 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्