शुक्रबार, कात्तिक २८, २०८२

'ब्ल्याक कलर ड्रेस'मा फिट प्रियंका

बलिउडदेखि हलिउडसम्ममा प्रभुत्व जमाइसकेको नाम हो प्रियंका चोपडा। उनका थुप्रै शुभचिन्तक छन्। प्रियंकाको सुन्दरता र अभिनय कलाले जोकोहीलाई लठ्याउँछ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

बलिउडदेखि हलिउडसम्ममा प्रभुत्व जमाइसकेको नाम हो प्रियंका चोपडा। उनका थुप्रै शुभचिन्तक छन्। प्रियंकाको सुन्दरता र अभिनय कलाले जोकोहीलाई लठ्याउँछ।

National life

उनी बेला-बेला आफ्ना सुन्दर तस्बिर सामाजिक सञ्जालमा राख्दै चर्चा बटुलिरहेकी हुन्छन्। यतिबेला पनि उनले ७४औं ब्रिटिश एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्टस (बाफ्टा) मा सहभागी हुँदाका केही तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्।

कोरोना महामारीका कारण फेब्रुअरीमा बाफ्टाको आयोजना लन्डनमा भएको थियो। अब अप्रिल १० र ११ मा बाफ्टा हुने भएको छ। यस पुरस्कार समारोहका लागि प्रियंका तयारी अवस्थामा छिन्।

प्रियंकाले आफ्नो लुक सार्वजनिक गरेकी छन्। उनलाई बाफ्टाको प्रजेन्टर्स सूचीमा सामिल गरिएको छ। प्रियंका ब्ल्याक कलर ड्रेसमा देखिएकी छिन्। 

प्रकाशित: Apr 12, 2021| 04:16 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्