शुक्रबार, असार ५, २०८३

पाटनमा सूर्यमानकाे छुट्टै घोडेजात्रा (फाेटाे फिचर)

ललितपुरमा एक जनाले घोडा चढेर नगर परिक्रमा गरी जात्रा मनाउने चलन छ। यसपटक सूर्यमान महर्जनले घोडा कुदाएका थिए।
 |  आइतबार, चैत २९, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, चैत २९, २०७७

ललितपुर– पाटनमा पनि आइतबार हर्षोल्लासका साथ घोडेजात्रा पर्व मनाइएको छ। पाटनमा एक जनाले घोडा चढेर नगर परिक्रमा गरी जात्रा मनाउने चलन छ।

National life

यसपटक सूर्यमान महर्जनले घोडा कुदाएका थिए। काठमाडौंको सैनिक मञ्चमा भने नेपाली सेनाको विशेष समारोह आयोजना गरे घोडेजात्रा मनाइएको छ। 

मंगलबजारबाट निकालिएको घोडा पूजा गरेर वल्खुटोलबाट कुदाउन सुरु गरिएको थियो। त्यसपछि पाटन सहरका भित्री क्षेत्र परिक्रमा गर्दै भोलढोका पुर्‍याइएको थियो।

भोलढोकाबाट बालकुमारीसम्म तीन पटक ओहोरदोहोर गरेपछि सूर्यमान महर्जनलाई पान खुवाएर घोडेजात्रा समापन गरिएको छ।

विगतमा व्यक्तिले घरमा पालेको घोडा प्रयोग गरे पनि यस पटक नेपाली सेनाको घोडा प्रयोग गरिएको थियो।

Shivam cement

प्रकाशित: Apr 11, 2021| 10:18 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।