आइतबार, असार २८, २०८३

यसकारण राजेन्द्र श्रेष्ठ मन्‍त्री बनेनन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमडौं- फोरम सरकारमा जाने पक्का भएदेखी नै मन्त्री बन्ने चर्चामा रहेका फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ अन्ततः त्यो अवसरबाट बञ्चित भएका छन् ।
 
हिमाल पहाड र तराईलाई मिलाएर फोरमले मन्त्री चयन गर्ने तयारी गरेपछि उनको सम्भावना झनै बढेको थियो । तर, अन्तिममा निर्णय भने उनको पोल्टा बाहिर पर्यो । दुई मन्त्रालय भाग पाएको फोरमले अध्यक्ष उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईलाई सरकारमा पठाएको छ ।
 
सुरुवाती छलफलमा अध्यक्ष यादव र सहअध्यक्ष श्रेष्ठलाई मन्त्री बनाउने गरि माहोल तयार भएको थियो । तर, महासचिव रामसहाय यादव समूहले श्रेष्ठको नाममा आपत्ति जनाए पछि माहोल एकाएक विग्रिएको थियो । 

महासचिव यादव समूहकै दबाबका कारण अन्ततः श्रेष्ठ पछि हट्न बाध्य भए ।  श्रेष्ठ ब्याक भएपछि उनलाई मन्त्री बनाउन नहुने ‘लबिङ’मा रहेका अर्का नेता इस्तियाक राई सहरी विकासमन्त्री बनेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।