शनिबार, असोज १०, २०८३

'गुगल म्याप' हेर्दै गएका जन्ती अर्कै दुलहीको घर पुगेपछि...

गुगल म्यापमा पूर्ण विश्वस्त गर्नु पनि धोका हुनसक्छ। गुगल म्यापको भरोसा पर्दा इन्डोनेशियामा एक दुलाहाले धोका खाएका छन्। 
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

गुगल म्यापमा पूर्ण विश्वस्त गर्दा धोका पनि हुने रहेछ। गुगल म्यापको भरोसा पर्दा इन्डोनेसियामा एक दुलाहालाई यस्तै भएकाे छ। 

उनले दुलहीको घर जान गुगल म्यापको सहारा लिएका थिए। तर, जन्ती दुलहीकाे घरमा नपुगी अन्तै पुगेको थियो। रोचक कुरा के भने उनीहरु पुगेकाे घरमा पनि बिहे थियो। दुलही पक्ष दुलाहाको प्रतीक्षामा रहेछ।  

इन्डोनेसियाका सञ्चारमाध्यमका अनुसार दुलाहालाई सेन्ट्रल जालाको लोसारी गाउँ पुग्नु थियो। गुगल म्यापमा हेर्दै गइरहेका जन्ती जेंगकोल पुगेको थियो।

उनीहरुकाे पुगेकाे घरमा मारिया अल्फा र बुरहान सिद्दीकीको बिहे हुनेवाला थियो। दुलाहा भने पुगिसकेका थिएनन्। 

२७ वर्षीया दुालाहा मारियाका अनुसार उनको परिवारले अतिथिको स्वागत गरेका थिए। नास्ता-पानी खाइसकेपछि दुलाहा-दुलही मिलन कार्यक्रमकाे तयारी थालिएको थियो। सोही समयमा परिवारका एक सदस्यले गडबडी पत्ता लगाए।

जन्तीसहित पुगेका दुलाहा पक्षले उक्त परिवारसँग माफी माग्याे। गुगल म्याप हेर्दै आउँदा आफूहरु गलत ठाउँमा  आएकाे बताएका थिए। त्यसपछि जन्ती लिएर उनीहरू दुलहीकाे गाउँमा पुगेका थिए।

दुलही मारियाको परिवारले सही दुलाहा बुरहान सिद्दिकीका परिवारलाई सम्पर्क गरेका थिए। उनीहरू बाटोमा केही बेर रोकेकाले दुलहीको घर पुग्न ढिला भएको पत्ता लागेको थियो। त्यही समयमा गलत दुलाहा पुगेका थिए।

अमर उजालाबाट

प्रकाशित: Apr 11, 2021| 04:45 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।