आइतबार, असार २८, २०८३

सगरमाथा चढ्ने ओलीको इच्छा अधुरै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपी ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्न सुझाव दिएका छन् । 

केही समय अघि सगरमाथा आरोहण गरेका महिला पत्रकारलाई सम्मानगर्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अन्य काम पनि यतिकै साहसी भएर गर्न सुझाव दिएका हुन् । 
“एक पटक आरोहण गरेपछि पटक पटक सगरमाथा आरोहण नगरे पनि हुन्छ” उनले भने “सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्नु राम्रो हुन्छ ।”

प्रधानमन्त्री ओलीले हिमाल आरोहणमा कहिले पनि लापरवाही गर्नु नहुने बताउँदै उनले भने, “हिमाल आरोहणलाई मजाकको बिषय बनाउनु हुँदैन ।”

आफूलाई पनि सगरमाथा आरोहणको रहर भएपनि युवाअवस्थामा राजनीति गर्दा भूमिगत बस्नु परेको र त्यसपछि १४ बर्षसम्म जेल बस्नु परेकोले त्यो अवसर नपाएको प्रधानमन्त्री ओलीले बताए । “मलाई पनि सगरमाथा चढ्ने इच्छा थियो” उनले भने, “भूमिगत जीवन,जेल जीवनले पाइन । जब जेलबाट छुटे पछि कमजोर स्वास्थ्यले दिएन ।”

सगरमाथाआरोहण गर्ने पाँच महिला पत्रकारको सम्मानमा कार्यक्रम आयोजना गरिएको थियो । पत्रकार रोजिता बुद्धाचार्य, रोसा बस्नेत, देउराली चाम्लिङ, कल्पना महर्जन, प्रियालक्ष्मी कार्कीले सगरमाथाको सफल आरोहण गरेका थिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।