आइतबार, वैशाख १३, २०८३

'भैल खः' तानेर यसरी सुरु भयो बिस्का जात्रा [१४ तस्बिर]

शनिबार साँझ टौमढीस्थित ङातापोल (पाँचतले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै सुरु भएको हो। 
 |  शनिबार, चैत २८, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, चैत २८, २०७७

भादगाउँ-  सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा सुरु भएको छ। शनिबार सुरु भएकाे जात्रा‍मा ९ दिन ८ रातसम्म भक्तपुर झुम्ने छ।

National life

शनिबार साँझ टौमढीस्थित ङातापोल (पाँचतले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै सुरु भएको हो। 

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्रांगणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलतर्फ तानातान गर्न थालेपछि जात्रा सुरु मानिन्छ।

भक्तपुर नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेर सो कार्ययोजना तय गरेको थियो। भैल खः तान्न १ देखि १ः३० बजे भद्रकालीको रथलाई घट्खामा पठाई भद्रकालीलाई रथमा विराजमान गरिएको थियो।

जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो। यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढीहुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पुर्‍याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुन्छ। 

kumari

यस वर्ष भैल खः टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा बढीमा नासमनासम्म मात्र लान अनुरोध गरिएको छ।

तस्बिरहरू

 

 

 

प्रकाशित: Apr 10, 2021| 12:55 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।