आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरेल र यादव दुवै उपप्रधानमन्त्री, मर्यादाक्रममा ईश्‍वर अगाडि

पोखरेल र यादव दुवै उपप्रधानमन्त्री, मर्यादाक्रममा ईश्‍वर अगाडि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं -उपप्रधानमन्त्री नराख्‍ने अडान लिएका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः गलेका छन् । फोरमलाई सरकारमा सामेल गर्न तयार भए पनि मर्यादाक्रममा कुरा नमिलेपछि रक्षामन्त्री ईश्वर पोखरेल र  नवनियुक्त मन्‍त्री उपेन्द्र यादव दुबै उपप्रधानमन्त्री भएका छन् । 

यादव र पोखरेल बीच मन्त्रीमा  मर्यादाक्रमको लफडा परेपछि साँढे चार बजेको शपथग्रहण साढे छ बजे सारिएको हो।  मर्यादाक्रममा विवाद भएपछि प्रधानमन्त्री ओलीले उपेन्द्र यादवलाई बालुवाटार बोलाएर छलफल गरेका थिए।

छलफलमा उपप्रधानमन्त्री पाए पोखरेल पछाडिको मर्यादाक्रममा रहन यादवले स्वीकार गरेपछि सहमति जुटेको स्रोतले बतायो। अब उपप्रधानमन्त्रीको मर्यादाक्रममा पोखरेल पहिलो भएका छन्। सूचना तथा संचारराज्यमन्‍त्री गोकुल बाँस्कोटा मन्‍त्रीमा बढुवा भएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।