मंगलबार, असोज २०, २०८३

इसेवा मनि ट्रान्सफर र वर्ल्ड रेमिटबीच सम्झौता 

 |  शुक्रबार, चैत २७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०७७

काठमाडौं-  रेमिट्यान्स कारोबार कम्पनी वर्ल्ड रेमिट र इसेवा मनि ट्रान्सफरबीच अन्तरदेशीय रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै विश्वभर रहेका वर्ल्ड रेमिटका ग्राहकले परिवार, आफन्तजन तथा साथीभाइलाई रियल टाइममै इसेवा वालेटमा रेमिट्यान्स पठाउन सक्नेछन्।

इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले डिजिटल अन्तरदेशीय भुक्तानी सेवामा विश्वकै अग्रणी कम्पनी वर्ल्ड रेमिटसँग साझेदारी गर्न उत्साहित रहेको बताए।

वर्ल्ड रेमिटमार्फत नयाँ ग्राहक बनेर प्रमोकोड  प्रयोग गरी पहिलो पटक इसेवा खातामा रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने जनाइएको छ ।
 

प्रकाशित: Apr 09, 2021| 03:01 शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्