काठमाडौं- सिद्धार्थ बैंकले नेपाल आँखा अस्पताललाई टोकन सिस्टम लागु गर्न सहयोगस्वरुप पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। सहयोग रकम बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई हस्तान्तरण गरे।
बैंकबाट प्राप्त उक्त रकम अस्पतालमा आउने सेवाग्राहीहरुको सुविधा तथा छिटो–छरितो सेवा प्रदान गर्न अस्पतालका विभिन्न ब्लकहरुमा टोकन सिस्टम लागु गर्न उपयोग गरिनेछ। उक्त सिस्टमले अस्पतालमा व्यवस्थित रुपमा सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको जनाएको छ ।