काठमाडौं- नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसर पारेर क्यास ब्याक अफर ल्याएको छ।
दराजसँगको साझेदारीमा चैत २९ देखि वैशाख ७ गतेसम्म बैंकका ग्राहकले डेबिट कार्डमार्फत सपिङ गरी १५ प्रतिशत छुट वा अधिकतम १ हजार रुपैयाँ क्यासब्याक र क्रेडिट कार्डमार्फत सपिङ गरी २० प्रतिशत छुट वा अधिकतम १ हजार ५ सय क्यासब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
नबिल बैंकको ११९ शाखा, १७५ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत सेवा दिँदै आएको जनाएको छ।