काठमाडौं- सिंगटी हाइड्रोपावरको आईपीओ आज शुक्रबार बाँडफाँड हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार बिहान ११ आईपीओ बाँडफाँड हुनेछ।
कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो। त्यसमध्ये ५ प्रतिशत (१ लाख ५४ हजार कित्ता) शेयर सामुहिक लगानी कोषका लागि र २ प्रतिशत (५८ हजार कित्ता) शेयर कर्मचारीका लागि बाँडफाँड गरिएको छ। बाँकी २६ लाख ९७ हजार कित्ता नागरिकका लागि बिक्री खुला गरेको थियो।
१५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।
माग भन्दाबढी आवेदन परेपछि न्यूनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ। २ लाख ६९ हजार ७०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन्।
साढे १२ लाखभन्दा बढी आवेदकले भने शेयर पाउने छैनन् ।