काठमाडौं- सरकारले कुनै पनि अस्पताल वा कुनै स्वास्थ्य संस्थासँग गुनासो भए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।
मन्त्रालयले एक सूचना जारी गर्दै सेवाग्राही वा सर्वसाधरणलाई अस्पतालप्रति कुनै गुनासो भए सम्पर्क गर्न सकिने उल्लेख गरेको छ।
जारी सूचनाअनुसार कुनै पनि स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा सेवाग्राही, सर्वसाधारणलाई कुनै समस्या भए वा सेवाप्रादायकबाट कुनै त्रुटि भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाईन ११३३ मा (बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म) मा फोन गरी सम्पर्क गर्न अनुरोध गरेको छ। साथै मन्त्रालयको इमेल ठेगानामा पनि सम्पर्क गर्न सकिनेछ।
प्राप्त गुनासाको लागि संवेदनशील भई गुणस्तरीय सेवा प्रदान गर्ने मन्त्रालयको दाबी छ। साथै सम्बन्धित निकायसँग छलफल गरी व्यक्ति वा संस्था दोषी ठहरिएमा प्रचलित नियमानुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ।