मंगलबार, मंसिर २, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा पनि एमालेको समानान्तर कमिटी, संयोजकमा प्रकाश ज्वाला

कर्णालीमा पनि एमालेको समानान्तर कमिटी, संयोजकमा प्रकाश ज्वाला

नेकपा एमाले माधवकुमार नेपाल समूहले कर्णाली प्रदेशमा पनि समानान्तर कमिटी गठन गरेको छ। 
 |  बिहीबार, चैत २६, २०७७

देव राना

देव राना

बिहीबार, चैत २६, २०७७

सुर्खेत– नेकपा एमाले माधवकुमार नेपाल समूहले कर्णाली प्रदेशमा पनि समानान्तर कमिटी गठन गरेको छ। 

National life

कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको नेतृत्वमा प्रदेश कमिटी गठन गरिएको हो। 
कमिटीको सचिवमा जाजरकोटका निरज आचार्य छन्। प्रदेश कमिटीको औपचारिक घोषणा भने भएको छैन।

अहिले प्रदेश कमिटीको संख्या र सदस्यहरुको विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए। बिहीबार साँझसम्म प्रदेश कमिटी घोषणा हुन सक्ने कर्णाली प्रदेश सभाका सांसद अम्मर थापाले बताए।

उनका अनुसार प्रदेश कमिटी र कर्णालीका १० वटै जिल्लामा समानान्तर कमिटीको घोषणा पनि आजै हुनेछ।

नेपाल समूहले बागमती प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी गठन गरिसकेको छ। यस्तै कास्कीमा पनि समानान्तर गठन गरिएको छ भने युवा संघलगायतका केही भ्रातृसंगठनमा पनि समानान्तर कमिटी गठन भइसकेका छन्।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 08, 2021| 07:49 बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।