सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाका नयाँ तीन भेरियन्टको जोखिम बढ्याे, उच्च सतर्कता अपनाउन अपिल

कोरोनाका नयाँ तीन भेरियन्टको जोखिम बढ्याे, उच्च सतर्कता अपनाउन अपिल

‘तीनै वटा नयाँ भेरियन्ट तीव्र संक्रामक छन्। एकजनाबाट अर्कोमा तीव्र गतिमा फैलिन्छन्।’ 
 |  बिहीबार, चैत २६, २०७७
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, चैत २६, २०७७

vianetvianet

काठमाडौं– नेपालमा कोरोना भाइरसका नयाँ तीन वटा भेरियन्टको जोखिम उच्च बढेको छ। यी तीनै भाइरस पछिल्लो समयमा विश्वका धेरै देशमा फैलिएका छन्। विज्ञहरूले यसबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

triton college

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्ण पौडेलले विश्वभर नयाँ भेरियन्ट बढ्दै गएकाले त्यसको जोखिम नेपालमा पनि उच्च रहेको बताए। 

‘अहिले सबैभन्दा छिटो फैलिने बेलायतमा भेटिएको भेरियन्ट नेपालमा पनि फैलिइसकेको छ’, उनले भने, ‘बेलायतमा पत्ता लागेको बी.१.१.७ नामक भेरियन्ट भारतमा फैलिएको छ।  विज्ञहरू यस्तो भेरियन्ट भारतबाटै नेपालमा प्रवेश भएको हुन सक्ने बताउँछन्। 

भारतीय नाकाबाट नेपाल प्रवेश गर्नेमा कोरोना संक्रमणको दर बढेको छ। उनीहरुमा नयाँ भेरियन्टको पनि लक्षण देखिएको निर्देशक पौडेलले बताए। उनले भने, ‘सीमाबाट आउनेमा स्क्रिनिङ गर्दा नयाँ भेरियन्टको लक्षण देखिएको हो।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार नयाँ भेरियन्ट पत्ता लगाउन जिन सिक्वेन्सिङ गर्नुपर्छ। 

National life insurance

हाल कोरोना परीक्षण गरिरहेका पीसीआर ल्याबबाट नयाँ भेरियन्ट पत्ता लाग्दैन। तर पहिलेकै ल्याबबाट नयाँ भेरियन्टका लागि पहिलो चरणमा स्क्रिनिङ भने गर्न सकिन्छ। 

गुप्ता भन्छन्, ‘नयाँ भेरियन्ट पत्ता लगाउन शरीरमा पाँच वटा जिनको परीक्षण गरिन्छ– एस जिन, एन जिन, ई जिन, ओराएफ जिन र आरडिआरपी जिन।’ 

यीमध्ये नयाँ भेरियन्ट पत्ता लगाउनको लागि एस जिन नेगेटिभ र अन्य सबै जिनको रिपोर्ट पोजेटिभ आउनुपर्ने उनले बताए।

उनले भने, ‘नयाँ भेरियन्ट पत्ता लगाउन शरीरमा कोरोना पोजेटिभ हुनैपर्छ र एस जिन नेगेटिभ हुनैपर्छ। एस जिन नेगेटिभ भएमात्रै नयाँ भेरियन्टको आशंका गर्न सकिन्छ।’ कोरोना पोजेटिभ र एस जिन पोजेटिभ देखिएमा त्यो नयाँ भेरियन्ट नहुने गुप्ताले बताए।

महाशाखाका निर्देशक डा. पौडेलका अनुसार विश्वभर फैलिएका तीन भेरियन्टले खतराको घण्टी बजाएको जनाएको छ। 

उनले भने, ‘विश्वमा सबैभन्दा चासोका भेरियन्ट तीनवटा छन्। ती तीनवटै भेरियन्टबाट नेपाल उच्च जोखिममा छ।’

उनका अनुसार विश्वका १३० भन्दा धेरै देशमा पुगिसकेको यूके भेरियन्ट नेपालमा पनि पुष्टि भइसकेको छ। बेलायतबाट आएकामा गत माघमा पुष्टि भएको यो भेरियन्ट विगत केही हप्तायता भारतीय नाकाबाट नेपाल प्रवेश गर्नेमा देखिएको छ। 

पौडेलका अनुसार नयाँ भेरियन्टको आशंका गरिएका व्यक्तिहरुलाई अस्पतालमा भर्ना गर्नैपर्छ। यस्तो अवस्थामा आईसीसयू र भेन्टिलेटर पनि धेरै चाहिन्छ।

उनले भने, ‘तीनै वटा नयाँ भेरियन्ट तीव्र संक्रामक छन्। एकजनाबाट अर्कोमा तीव्र गतिमा फैलिन्छन्।’ 

भेरियन्ट दक्षिण अफ्रिकाबाट फैलिएको बी.१.३५१ हो। यो भेरियन्ट अहिलेसम्म विश्वका ८० देशमा फैलिएको पौडेलले बताए। 

ब्राजिलमा भेटिएको पी.१ नामक भेरियन्ट पनि ४५ भन्दा धेरै देशमा फैलिएको छ। पौडेलले भने, ‘यी तीनै भेरियन्ट भारतमा देखिइसकेकाे छ। त्यसैले नेपालमा पनि जाेखिम उच्च छ।’ 

प्रकाशित: Apr 08, 2021| 04:32 बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।