आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अपडेट : पाल्पा दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुग्यो

अपडेट : पाल्पा दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुग्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पाल्पामा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । 

११ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको उद्दारका लागि घटनास्थल पुगेका सशस्त्र प्रहरी पाल्पाका डीएसपी राजु शाहले नेपाल समयलाई जानकारी दिए । 

दुर्घटनामा परी ज्यान गुमाउने १२ जनाकै परिचय खुलेको छ । पाल्पाका प्रहरी उपरीक्षक डिल्लीराज पन्तका अनुसार रामपुरको अध्ययन अवलोकन भ्रमणका लागि निस्केको तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको टोली छ ।

दुर्घटनामा तानसेन नगरपालिका-४ का विष्णुमान बज्राचार्य, कृष्णबहादुर बोहरा, तानसेन-२ का लोकनाथ ढकाल, तानसेन-३ का वसन्ती खाँड, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य र सुुशीलप्रसाद श्रेष्ठ छन् । यस्तै, तानसेन-६ का दुर्गाबहादुर सारू र गीता बुढाथोकी तथा तानसेन बजारका सचिन बज्राचार्य र कमला कार्कीको मृत्यु भएको छ । 

घाइते भएका १० जनालाई उद्दार गरी अस्पताल पठाइएको छ । 

लु १ ख ९७५ नम्बरको बस रम्भा गाउँपालिका-४ होमिनमा सडकबाट खसेर दुर्घटना भएको हो । मोटरसाइकललाई साइड दिन खोज्दा बस सडकबाट दुई सय मिटर तल खसेको थियो । 

तस्बिर : अनिल पन्थीको फेसबुकबाट ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।