आइतबार, असार २८, २०८३

धुर्मुस–सुन्तलीको काममा सरकार बन्यो बाधक  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सामाजिक कामका क्रियाशील रहदै आएका धुर्मुस–सुन्तलीमाथि सरकारले अंकुश लगाएको छ । पछिल्लो समय वीर अस्पतालको सरसफाईमा जुटेको धुर्मुस सुन्तली फाउन्डेसनलाई चन्दा उठाउन रोक लगाएर सरकार उनीहरुको काममा बाधक बनेको हो ।
   
फाउन्डेसनले कानुनविपरीत चन्दा संकलन गरिहेको भन्दै आलोचना भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चन्दा उठाउन रोक लगाएको हो ।
 
वीर अस्पतालको शौचालय फोहोर भएको र वैज्ञानिक ढंगबाट सफाइ गर्ने भन्दै २३ वैशाखबाट कलाकार सीताराम कट्टेल (धुर्मुस)ले स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको उपस्थितिमा वीर अस्पताल सफाइ अभियान सुरु गरेका थिए। सफाइ सुरु भएको एक सातामै धुर्मुसले सार्वजनिक रूपमा फाउन्डेसनका नाममा रकम उठाउन थालेपछि विवाद भएको थियो ।

आलोचना बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री अर्यालले वीर अस्पताल सफाइको नाममा चन्दा उठाउन रोक लगाउने निर्णय गरेकी हुन् । वीर अस्पतालमा पत्रकार सम्मेलननै गरेर उनले कानुनविपरितको काम गर्न नदिइने बताइन् । 

धुर्मुस–सुन्तली फाउन्डेसनले वीरको सफाईका लागि१४ लाख ६४ हजार ८ सय ३५ रुपैयाँ उठेको जानकारी दिएको छ । रंगरोगनका नाममा हालसम्म ४८ लाख रुपैयाँ खर्च भएको उनले बताए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।