सोमबार, चैत २, २०८२

एक वर्षमा १० लाखले चुरोट छोडे, तपाईँले कहिले ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
पेरिस– फ्रान्समा धुम्रपान गर्नेहरूको संख्या घट्दो क्रममा छ । सन् २०१६ देखि २०१७ को बीचमा १० लाखभन्दा बढीले चुरोट छाडेका छन् । 

पब्लिक हेल्थ फ्रान्सको सर्वेअनुसार बितेका दशकमा यति ठूलो परिवर्तन देखिएको थिएन । खासगरी, कम आय हुने वर्ग र युवामा धुम्रपान गर्नेहरू घटेको देखिएको छ । 

सरकारले सञ्चालनमा ल्याएको धुम्रपानविरोधी अभियानको प्रगतिका रूपमा यसलाई हेरिएको छ । अभियानका क्रममा सुर्ति उत्पादनमा नियन्त्रण, चुरोट छाड्नेलाई पुरस्कृत गर्ने र मूल्य बढाउने सरकारी नीति छ । 

सर्वेक्षणअनुसार सन् २०१७ मा १८ देखि ७५ वर्षका २६.९ प्रतिशत मानिस धुम्रपान गर्थे । सन् २०१६ मा उक्त आँकडा २९.४ प्रतिशत थियो । यस अवधिमा धुम्रपान गर्नेहरूको संख्या एक करोड ३२ लाखबाट एक करोड २२ लाखमा झरेको छ । 

स्वास्थ्यमन्त्री एग्नेस बुजिनले धुम्रपान छाडेकालाई आभार प्रकट गरेका छन् । उनी भन्छन्, 'सुर्तिले मानिसलाई असमानतातिर धकेल्न सक्छ र निम्न आय भएकालाई थप घृणित बनाउन सक्छ ।' 

यसअघिको सरकारी नीति चुरोट सेवनकर्ताको संख्या घटाउनेभन्दा बढाउने प्रकारको थियो । सरकारी नीति फेरिँदा सामाजिक परिवर्तन नै आएको छ । 

संसारभरमा हरेक १० जनामा एकको मृत्युको कारण धुम्रपान हुने गर्छ । र, धुम्रपानका कारण मर्नेहरूको आधा संख्या चीन, भारत, अमेरिका र रुसको हुन्छ । 

विश्लेषकहरू भन्छन्, 'धुम्रपान त्यस्तो महामारी हो, जुन धनी देशमा नभई कम आयवर्गका मुलुकमा फैलिएको छ ।' बीबीसी
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।