आइतबार, वैशाख २७, २०८३

सातामा दुईपटक सबैको कोभिड परीक्षण गर्दै बेलायत

बेलायतमा सातामा दुई पटक कोरोना भाइरसविरुद्धको परीक्षण गर्नुपर्ने भएको छ। शुक्रबारबाट लागू हुने गरी सबैले सातामा कम्तीमा दुई पटक कोरोना भाइरसको र्यारपिड टेस्ट गर्नुपर्ने व्यवस्था लागू गरिने भएको हो। 
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

लन्डन- बेलायतमा सातामा दुई पटक कोरोना भाइरसविरुद्धको परीक्षण गर्नुपर्ने भएको छ। शुक्रबारबाट लागू हुने गरी सबैले सातामा कम्तीमा दुई पटक कोरोना भाइरसको र्यारपिड टेस्ट गर्नुपर्ने व्यवस्था लागू गरिने भएको हो। 

National life

सरकारले सातामा दुई पटक हुने र्‍यापिड परीक्षण निःशुल्क हुने जानकारी दिएको छ। बेलायती अधिकारीहरूले कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न र लकडाउनजस्ता असहज मापदण्ड कार्यान्वयन गर्न नपरोस् भनेर परीक्षणको दायरा विस्तार गरिएको बताएका छन्। 

बेलायती स्वास्थ्यमन्त्री एडवार्ड अर्गरले परीक्षणको दायरा विस्तार गरिएपछि अर्थतन्त्र पुरानै अवस्थामा फर्कने विश्वास व्यक्त गरेका छन्।

यसैबीच प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन खुकुलो पार्न मन्त्रीहरूसँग छलफल पनि गरिसकेका छन्। १२ अप्रिलबाट लागू हुने गरी सबै रेस्टुरेन्ट र पबले चौबिसै घन्टा आउटडोर सेवा दिन सक्ने निर्णयसमेत भइसकेको छ। 

र्याणपिड टेस्टको नतिजा ३० मिनेटमा नै प्राप्त गर्न सकिन्छ।
 

प्रकाशित: Apr 05, 2021| 13:59 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।