मंगलबार, चैत १०, २०८२

काठमाडौं प्रवेश गर्ने सबैलाई कोरोना परीक्षण अनिवार्य होइन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार उपत्यका प्रवेश गर्नेमध्ये शंकास्पद व्यक्तिको मात्रै एन्टिजेन परीक्षण गरिने भएको हो। 
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

काठमाडौं- काठमाडौं उपत्यका प्रवेश गर्ने सबैलाई अनिवार्य रूपमा एन्टिजेन परीक्षण गर्नु पर्ने व्यवस्था नगरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रष्ट पारेको छ। 

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार उपत्यका प्रवेश गर्नेमध्ये शंकास्पद व्यक्तिको मात्रै एन्टिजेन परीक्षण गरिने भएको हो। 

'उपत्यका प्रवेश गर्ने शंकास्पद व्यक्तिको परीक्षण गरिने हो, सबैको अनिवार्य होइन,' उनले नेपाल समयसँग भने। 

भारतमा कोरोना संक्रमण दर बढ्न थालेपछि नेपालमा पनि जोखिम रहेको भन्दै उपत्यका प्रवेश गर्ने शंकास्पद व्यक्तिको परीक्षण गर्न लागिएको उनको भनाइ छ। 

आइतबार कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले उपत्यका छिर्ने नाकामै हेल्थ डेस्क राखेर परीक्षण गरिने निर्णय गरेको थियो। एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएका व्यक्तिको पिसिआर परीक्षण गरिनेछ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 05, 2021| 11:43 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्