काठमाडौँ- सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले सरकारले न्यायपालिकालाई न्यून बजेट विनियोजन गरेको भन्दै अनसन्तुष्टि जनाएका छन् ।
काठमाडौँ स्कूल अफ लद्वारा आयोजित 'कानूनी समुदायमा व्यावसायिक आचरणः सिद्दान्त र अभ्यास' विषयक कार्यशालाको उद्घाटन गर्दै उनले न्यापालिकालाई सरकारले न्यून बजेट दिएको भन्दै गुनासो गरेका हुन् । उनले भने, 'सरकारसँग न्यायपालिकाका लागि आवश्यक बजेटको माग गरिए पनि गत वर्षको भन्दा न्यून बजेट विनियोजन भएको छ ।'
प्रधानन्यायाधीश जोशीले न्यून बजेटका कारण न्यायपालिकाको कामकारवाहीमा समस्या आएको बताउँदै 'न्यायपालिकामा बजेट अभाव भएका कारण सामान्य कार्यक्रम गर्न पनि दाताको मुख ताक्नुपर्ने अवस्था रहेको छ,' बताए ।
'बजेटको एक प्रतिशत रकम न्यायपालिकाका लागि विनियोजन गर्नुपर्छ,' उनले भने ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४