शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गृह मन्त्रालयको छानविन टोली दार्चुला पुग्दै, प्रत्यक्षदर्शी प्रहरी सुरक्षामा

गृह मन्त्रालयको छानविन टोली दार्चुला पुग्दै, प्रत्यक्षदर्शी प्रहरी सुरक्षामा

तुइनबाट महाकाली नदी तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामी घटनाबारे अध्ययन गर्न गठित छानविन समिति आज दार्चुला पुग्दैछ।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

धनगढी– तुइनबाट महाकाली नदी तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामी घटनाबारे अध्ययन गर्न गठित छानविन समिति आज दार्चुला पुग्दैछ। 

गृह मन्त्रालयले घटनाबारे छानविन गर्न सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरिएको समिति सोमबार डडेल्धुरा पुगेको थियो। डडेल्धुराबाट बिहान हिँडेको टोली दिउँसो दार्चुला सदरमुकाम पुग्ने बताइएको छ। 

वडा नम्बर २ का अध्यक्ष गणेशसिंह धामीले काठमाडौंबाट आएको टोली बिहान ११ बजे सदरमुकाम पुग्ने खबर प्राप्त गरेको बताए। उनले भने, हामी उहाँहरुलाई कुरेर बसेका छौं। मसँगै घटनाका प्रत्यक्षदर्शी समेत छन्। प्रहरीले सुरक्षा दिएका छन्, हामी होटलमा छौं। प्रहरीले कसैलाई पनि प्रत्यक्षदर्शीलाई भेट्न दिएको छैन।’ 

टोलीले घटनाका प्रत्यक्षदर्शीहरू तुइन सञ्चालक कल्याणसिंह धामी, अनिता धामी, विक्रम रंकोलीसँग घटनाबारे बयान लिइने हुँदा हिजो नै सदरमुकाम बोलाइएको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन्।  

समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य छन्।

छानविन समितिको प्रतिवेदनअनुसार सरकारले आवश्यक निर्णय लिने जनाएको छ। साउन १५ गते व्यास गाउँपालिका वडा नं. २ बस्ने जयसिंह धामी तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका थिए। 

यसअघि जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट घटनाको छानविन गर्न सशस्त्र प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक र राष्ट्रिय अनुसन्धानका कर्मचारी सम्मिलित तीन सदस्यीय टोली घटनास्थल पुगेको थियो।

प्रकाशित: Aug 03, 2021| 14:20 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...