आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अाजका अखबारः प्रदेशको असन्तुष्टि र सांसद्को आक्रोश 

अाजका अखबारः प्रदेशको असन्तुष्टि र सांसद्को आक्रोश 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमडौं: राजधानीबाट प्रकाशीत हुने अखबारहरुले शुक्रबार मुख्यतः बजेटका विषयमा भइरहेका टिकाटिप्पणी र सुन तस्करीको आरोपीले आत्मासमर्पण गरेको विषयलाई प्राथमिकतामा पारेका छन् ।
 
नयाँ पत्रिका दैनिकले बजेटका विषयका प्रदेशले जनाएको असन्तुष्टिलाई मुख्य समाचार बनाएको छ । उसले प्रदेशका मुख्यमन्त्री र आर्थिकमामिला मन्त्रीहरुसंग कुराकानी गरेर यो खबर तयार पारेको हो ।
 
नयाँ पत्रिकाका अनुसार प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्वोले बजेटले आर्थिक संघियता आत्मासात् नगरेको टिप्पणी गरेका छन् भने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनअपेक्षा प्रदेशसंग रहेको तर बजेट भने केन्द्रमुखी भएको गुनासो गरेका छन् । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले संघियतालाई प्रभावकारी बनाउने बजेट नआएको बताएका छन् । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङले बजेट केन्द्रीकृत मानसिकताबाट माथि नउठेको भन्दै असन्तुष्टि जनाएका छन् । 

प्रदेश ५ का सरकारका प्रवत्ता बैजनाथ चौधरीले बजेट संघियताको भावना विपरित भएको टिप्पणी गरेका छन् । प्रदेश ६ का आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले फेरि पनि केन्द्रबाट कर्णाली ठगिएको गुनासो गरेका छन् भने प्रदेश ७ का आर्थिक मामिलामन्त्री झपटबहादुर बोहोराले हक हस्तान्तरण बारे बजेट मौन रहेको बताएका छन् । 

यस्तै आजका पत्रपत्रिकाले सरकारले दिएको ४ करोड आफ्नो तजबिजले खर्चिन नपाउँदा सांसदहरु आक्रोशित बनेको विषयलाई पनि विशेष महत्व दिएका छन् । कान्तिपुर दैनिकले यसै खबरलाई मुख्य समाचार बनाएको छ भने कारोबार दैनिकले पनि महत्वका साथ छापेको छ । 

सुन तस्करीका आरोपी एसएसपी श्याम खत्रीले बिहीबार जिल्ला अदालत मोरङमा आत्मासमपर्ण गरेको विषयलाई आजका सबैजसो पत्रिकाले प्राथमिकतामा पारेका छन् । नागरिक दैनिकले यो खबरसंगै यसरी हुन्थ्यो सेटिङ शीर्षक दिएर अर्को लेखेको छ । यस्तै उसले सिन्डकेट खारेज भएपनि त्यसको महशुस जनताले गर्न नपाएको विषयलाई मुख्य समाचार बनाएको छ । 

अन्नपूर्ण पोष्ट्ले भने प्रधानमन्त्रीको हाइटेक प्रचार शैली शीर्षक दिएर मुख्य समाचार लेखेको छ भने हिलारी स्टेपमाथि शेर्पा गाइडको हत्या आशंका शीर्षकमा अर्को समाचार छापेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।