शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महेश बस्नेतको व्यंग्य– मन्त्री नियुक्त गर्न पनि परमादेश चाहिने भो

महेश बस्नेतको व्यंग्य– मन्त्री नियुक्त गर्न पनि परमादेश चाहिने भो

नेकपा (एमाले) का सांसद महेश बस्नेतले एसएबसबीले तुइन काटेर महाकालीमा मानिस बेपत्ता हुँदा पनि सरकार मौन बसेको र मौन बस भनेको भन्दै आपत्ति जनाएका छन्।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं– नेकपा (एमाले) का सांसद महेश बस्नेतले एसएबसबीले तुइन काटेर महाकालीमा मानिस बेपत्ता हुँदा पनि सरकार मौन बसेको र मौन बस भनेको भन्दै आपत्ति जनाएका छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले भने, 'यत्रो घटना हुँदा पनि सरकार चुप बस भन्छ, समाचार नबनाउ भन्छ। प्रधानमन्त्री भन्नुहुन्छ– खोप खोप खोप। कांग्रेसका मेयरको घरमा खोप। उपसभापतिको घरमा खोप। होटलमा सत्तापक्षका कार्यकर्तालाई खोपै खोप। जनता दिनभरि लाइनमा खोप न सोप। विचरो सरकार व्यापारी मन्त्री बनाउँछ। दक्ष सचिव फेर्छ। वीर अस्पतालको एमडी फेर्छ। स्वास्थ्य माफियालाई संरक्षण गर्छ। देशभर बाढी पीडित जनता राहत पाइएन भनेर कराउँछन्।' 

परमादेशबाट बनेको सरकार तीन हप्तामा पनि पूर्ण नबनेको भन्दै उनले व्यंग्य गरे। 'प्रधानमन्त्रीज्यू, अब फलाना पार्टीका फलाना मन्त्रीलाई मन्त्री बनाइपाउँ भन्ने परमादेश जारी गराउनुस्। नत्र जनादेशबिनाको सरकार चल्ला जस्तो देखिएन। अब जनता भन्दैछन्– केपी बा आइ लभ यु,' बस्नेतले भने।


प्रकाशित: Aug 03, 2021| 13:41 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...