आइतबार, वैशाख २७, २०८३

पुरुषोत्तम र रानीको स्वरमा ‘सुहाउँदैन ओठमा हाँसो’

गायक तथा संगीतकार पुरुषोत्तम न्यौपाने र रानी शाक्यको स्वरमा ‘सुहाउँदैन ओठमा हाँसो’ गीत सार्वजनिक भएको छ।
 |  शनिबार, चैत २१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २१, २०७७

काठमाडौं- गायक तथा संगीतकार पुरुषोत्तम न्यौपाने र रानी शाक्यको स्वरमा ‘सुहाउँदैन ओठमा हाँसो’ गीत सार्वजनिक भएको छ।

National life

गीतकार प्रदीप सुवेदीको शब्द रहेको गीतमा पुरुषोत्तमले नै संगीत भरेका छन्।

रानी शाक्यको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा गीता ढुंगाना र कमल सिंहको अभिनय छ।

पुरुषोत्तमले नै संगीत संयोजन गरेको गीत ए प्लस स्टुडियोमा रेकर्डिङ गरिएको हो।

नमराज घिमिरेले छायांकन गरेको गीतको म्युजिक भिडियोको निर्देशन शक्ति प्रज्ज्वल घिमिरेले गरेका हुन्।

गीतमा गीता र कमलका साथै तेजेन्द्र गौतम र नवराज भट्टराई फिचर्ड छन्।

सुहाउँदैन ओठमा हाँसो, हाँस्छु भन्दा पनि,
पलपल मर्छ जीन्दगी, बाँच्छु भन्दा पनि।।

प्रकाशित: Apr 03, 2021| 11:20 शनिबार, चैत २१, २०७७
प्रतिक्रिया दिनुहोस्