शुक्रबार, कात्तिक २८, २०८२

बच्चन परिवारले लगायो कोरोनाविरुद्धको भ्याक्सिन

 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

मुम्बई- अमिताभ बच्चन परिवारले कोरोना भाइरसविरुद्धको खोप लगाएको छ। बलिवुडमा बिग बी भनेर चिनिने अमिताभ बच्चनसहित परिवारका सदस्यहरूले शुक्रबार दिउँसो भ्याक्सिन लगाएका हुन्। 

National life

७८ वर्षीय बच्चनले ट्विट गर्दै आफूहरूले भ्याक्सिन लगाएको जानकारी दिएका हुन्। 'मैले आज दिउँसो २ बजे कोरोनाविरुद्धको भ्याक्सिन लगाएँ। सबै ठिक छ,' ट्विटमा अमिताभ बच्चनले लेखेका लेखेका छन्। 

अभिषेक बच्चनले भने कोरोना विरुद्धको भ्याक्सिन लगाएका छैनन्। उनी घरमा नभएका कारण भ्याक्सिन नलगाएको बताइएको छ।

यसअघि बिहीबार मात्र बच्चन परिवारले कोरोनाको परीक्षण गराएको थियो। 

बच्चन परिवारलाई कोरोना भाइरसको संक्रमण भएको थियो। गत वर्ष ११ जुलाइमा अमिताभ र अभिषेक बच्चन कोरोना पोजेटिभ भएपछि नानावटी अस्पताल भर्ना भएका थिए। २२ दिन आइसोलेसनमा बसेपछि अमिताभ २ अगस्टमा डिस्चार्ज भएका थिए। अभिषेक भने २८ दिनपछि मात्र डिस्चार्ज भएका थिए। 

Laxmi sunrise bank
kumari

ऐश्वर्या राय र आराध्यालाई १२ जुलाइमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। सुरुमा उनीहरू दुवै जना होम आइसोलेसनमा नै रहेका थिए। तर १७ जुलाईमा आराध्यको स्वास्थ्य अवस्था खराब भएपछि नानावटीमा नै भर्ना भएकी आराध्या ११ दिनमा डिस्चार्ज भएकी थिइन्। 

प्रकाशित: Apr 02, 2021| 11:21 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्