करिना कपूर र सोनम कपूरको अभिनय रहेको फिल्म 'वीरे दि वेडिङ्ग' जून एकमा रिलिज हुदै छ । रिलिज अघि नै वीरे दि वेडिङ्ग भने विवादित हुदैछ । यो फिल्मलाई पाकिस्तानमा प्रतिबन्ध गरिएको छ ।
फिल्ममा धेरै नै अभद्र भाषा र आपत्तिजनक संवाद प्रयोग गरिएका कारण प्रतिबन्ध लगाइएको पाकिस्तानको सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सरले जनाएको छ । पाकिस्तानले ट्रेलर हेरेरै फिल्ममा प्रतिबन्ध लगाएपनि अभिनेत्री करिना कपूरले भने यो राम्रो चलचित्र भएको बताएकी छन् । उनले ट्रेलर हेरे धेरै तारिफ गरेको बताइन ।
वीरे दि वेडिङ्गमा चार जना साथीहरुबीचको सम्बन्धलाई देखाउन खोजिएकाछ । उनीहरुले सडकमा छाडा बोल्दै आफ्नो रिलेशनसिपको कुरा गरेको सुनिन्छ ।
निर्देशक शशांक घोषले यस फिल्ममा करिनाको साथै सोनम कपूर स्वरा भास्कर र शिखा तलसानियाको पनि भूमिका छ । फिल्ममा सोनम कपूरको बहिनी रियाको साथै एकता कपूर शोभा कपूर र निखिल आडवाणी उत्पादन गरेका ह्नु ।
ट्रेलरको भिडियो हेर्नुहोस्