मंगलबार, असोज १, २०८१

'प्रेम जीवनकै सबैभन्दा सुन्दर आभास'

जिन्दगीमा एकपटक सबैले गर्ने मिठो अनुभुति हो प्रेम। यही यथार्थलाई शब्दमा उतारेका छन्, शिवराज योगीले।
 |  बिहीबार, चैत १९, २०७७
nespernesper

अंगद सिंह

अंगद सिंह

बिहीबार, चैत १९, २०७७

प्रेममा परेका र विछोड भएकाहरुका लागि कल्पिएका शब्द र प्रेममा नपरेकाहरुलाई पनि केही आभास गराउने लय।

triton college

‘सुन्न मन छ तिम्रै बोली धित मरुन्जेल बोल,
तिमि बाहेक जिन्दगीमा के हुन्छ अनमोल...

प्रेमिल जोडीलाई लक्षित गरी उनीएका शब्दहरु, वियोगान्तक र मन जलाउने भाका।

‘सुनकै माला सोह्र श्रृंगार भएर के गरुँ,
हृदयको गहिरो घाउ कसो गरी भरुँ..

जिन्दगीमा एकपटक सबैले गर्ने मिठो अनुभुति हो प्रेम। यही यथार्थलाई शब्दमा उतारेका छन्, शिवराज योगीले।
यी शब्दहरुमा स्वर भरेर प्रेममा परेकाहरुको हृदयको ढोका ढक्ढक्याउने काम गरे गायक तथा संगीतकार भीम बिसी र गायिका एलिना चौहानले। गायक बिसी भन्छन्, ‘प्रेमभन्दा मिठो आभास र सन्तुष्टि संंसारका कुनै चिजले पनि दिदैनन् र सबैभन्दा बढी पीडा र आँशु पनि।’ 

Metro Mart
vianet

तस्बिर छुनु सम्झी रुनु धोको फेरी फेरी
ऐना हेरी हेरी हेरी...

मुटुमा प्रेम पलाएका र मन साटेकाहरु छुट्टिएर बाँच्नुपर्दाको पीडालाई भावनाका माध्यमबाट बगाइएको छ।
‘प्रेम जीवनकै सबैभन्दा सुन्दर आभास हो, भावना हो। यसले कँही कतै सबैको दिलमा राज गरेको हुन्छ, गायक बिसी भन्छन्।

प्रेमका अघि संसार फिक्का लाग्छ। प्रेम बिनाको जिन्दगी मरेतुल्य हुन्छ। यही भावना छचल्किएको छ, ‘ऐना हेरी हेरी’ मा।

‘मखमलकै सिरानीमा निद छैन सानु,
तिम्रै झल्को पाउनलाई अब कहाँ जानु...

प्रेमले निद चैन सबै छिन्छ, गरिन्छ त केवल मायालुको कल्पना। बिसी गीतमा केही नयाँ तथा फरक गर्न चाहान्थे। उनलाई गीतमा पश्चिमी फ्युजन ल्याउनु थियो। यही भाव झल्किने योगीका शब्दमा उनले एलिना र आफ्नो आवाज मिसाइदिए।
बिसी भन्छन्, ‘एलिनाको मधुर कण्ठले गीत झनै सुन्दर र कर्णप्रिय बनाइदियो।’

‘भावनाहरु टुट्दा पलपल हरेक पल मर्छ मान्छे’, भीम भन्छन्,‘ ऐनामार्फत् प्रेम व्यक्त गर्न आभास गराउन खोजिएको हो।’

सिन्दुर पोते तिलहरीले दिन्न सानु शोभा,
ढुकढुकीले जान पाउँथ्यो तिमै्र काख कोभा..

भीमले ऐनाको कम्पोज गरिसकेका थिए। तर शब्द फुराउन सकेका थिएनन्। उनी पहिल्यैदेखि पत्रकार योगीका शब्दका फ्यान। उनले गीतका बारेमा योगीलाई भने। अनि योगीले कोरे ऐना हेरी हेरी प्रेमिल र मन छुने शब्द।

‘गीत कम्पोज गरिसकेको भए पनि शब्दको अभाव थियो जुन योगी दाईले पुरा गरिदिनु भयो, उनी भन्छन्, ‘उहाँको शब्दको लोभी थिए ऐनाले पुरा गर्‍यो।’

‘सागै सिस्नु लाखौँ थियो तिमी साथ हुँदा
कसले आँशु पुछिदेला मेरी सानु रुँदा...

गीतले मुटुमा प्रेम अंकुरनदेखि  छुटिएसम्मको कथा भनेको छ। ऐना बजारमा आएपछि राम्रो प्रतिक्रिया पाइरहेका छन् बिसी। ऐना बिसीले संगीत जीवनको १७ वर्षपछि गाएका हुन्।

अहिलेसम्म १७ सय गीतलाई शब्द संगीत दिएका बिसीले आफैले भने २०६२ पछि पहिलो पटक स्वर भरेका हुन्।
भीमले २०६२ सालमा ‘धनगढी पश्चिम नेपाल’ बजार गीतमा ल्याएका थिए।

कैलालीमा जन्मेका बिसीले संंगीत क्षेत्रमा जम्न कम्ता संघर्ष गरेका छैनन्।
काठमाडौं खाल्डोमा अवसर खोज्न २०६६ सालमा हुत्तिएका उनले संगीतका खातिर सबै गरेका छन्। होटल, रेष्टुरेन्टको काम इत्यादि।

उनी विगत सम्झिन चाहादैनन्। बस भविष्यलाई कल्पिएर अघि बढ्छन्।
‘संगीतका लागि काठमाडौमा के गरिएन र ? तर खुसी छु सपनातिर अघि बढिरहेको छु, मेरो नसा नसामा संगीत छ यसका लागि जे पनि गर्न सक्छु’ उनी भन्छन्।

तिर्खा लागे पानी खाउँला याद आए रोइजाउँला,
फर्क प्यारा सुखको गास सँगै बसी खाउँला...

गीतमा प्रेमको सामिप्यताबाट टाढिनुको महसुस गराइएको छ।
ऐना हेरी हेरी मात्रै होइन बिसीले कपुरी क, बस बस रे, झुमा झुम्का पिरती, एक कान दुई काम मैदान र दुई कौडीको बुद्धि छैन जस्ता गीतमा शब्द–संगीत दिएका छन्।

२०४६ सालमा कैलालीको हसनपुर जाईमा जन्मेका हुन् भीम। बिसी सानोमा चित्रकार बन्न चाहान्थे। उनी कक्षा पाँचमा पढ्दासम्म जिल्ला फस्ट भएका थिए चित्रकलामा। तर पाँच कक्षापछि उनी संगीततर्फ लागे। उनले कैलालीमै संगीत कक्षा लिन थाले।

‘संगीत क्षेत्रमा नलागेको भए म चित्रकार बन्थेँ होला, उनले नेपालसमयसँग भने, ‘संगीत मेरो खुसी र सौख दुवै हो।’

उनी स्थानीयस्तरका सबै संगीत प्रतिस्पर्धाहरुमा प्रथम हुन्थे। जसले उनलाई थप हौसला र प्रेरणा दियो। बुझ्ने भएपछि सपना पुरा गर्न उनलाई काठमाडौं आउन रहर लाग्यो। काठमाडौं आएर संघर्ष गर्न थाले।

‘काठमाडौं बाहिरको संघर्षले त्यति धेरै प्रतिफल दिन्छ जस्तो लाग्दैन् अझ संगीतको अवससर खाल्डोमा थुपारिएको छ’, बिसी भन्छन्। ऐनापछि उनको शब्द तथा संगीत रहेको राजारानी, सत्य सत्य लगायतका गीत आउँदैछन्।

प्रकाशित: Apr 01, 2021| 14:09 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्