आइतबार, पुस १३, २०८२

देशभर फैलियो मनसुन

 |  शुक्रबार, असार ६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ६, २०८२

काठमाडौं- यस वर्षको मनसुन आजबाट देशभर फैलिएको छ। गत जेठ १५ गते कोशी प्रदेशबाट भित्रिएको मनसुन २३ औं दिनमा सुदूरपश्चिमसम्म पुगेको हो।

National life

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज असार ६ गते मनसुनी वायु सुदूरपश्चिम प्रदेशसम्म फैलिएको जनाएको छ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो। तर यस वर्ष १५ दिनअघि नै मनसुन नेपाल भित्रिएको थियो।

विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। गण्डकी, लुम्बिनी र कर्णालीमा सबैभन्दा बढी प्रभाव पर्ने पूर्वानुमान छ।

मनसुनका सुरुवाती दिनदेखि नै देशभर बाढीपहिरोले सडक अवरुद्ध हुने लगायतका घटनाहरु भइरहेका छन्। यस वर्षको मनसुनमा २० लाखभन्दा बढी व्यक्ति प्रभावित हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुमान गरेको छ ।

Laxmi sunrise bank
kumari

नेपालबाट मनसुन बाहिरिने मिति भने अक्टोबर २ तारिख हो ।

प्रकाशित: Jun 20, 2025| 13:38 शुक्रबार, असार ६, २०८२
प्रतिक्रिया दिनुहोस्