आइतबार, असार ८, २०८२

देहव्यापारमा फसेका चर्चित अभिनेत्री

मनोरञ्जनको रंगीन दुनियाँलाई देखेर धेरैले यसैमा हेलिन खोजिरहेका हुन्छन्। र, यसै क्षेत्रमा थुप्रै सपना देखिरहेका हुन्छन्।
 |  बिहीबार, चैत १९, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

vianetvianet

मनोरञ्जनको रंगीन दुनियाँ देखेर धेरै व्यक्ति यसैमा हेलिन खोजिरहेका हुन्छन्। र, यसै क्षेत्रमा थुप्रै सपना देखिरहेका हुन्छन्।

रंगमञ्चमा स्थापित हुन भाग्य र मेहनत दुवै आवश्यक हुन्छ। बलिउडमा भविष्य खोज्ने थुप्रै कलाकार छन्।

 यस क्षेत्रमा आइसकेपछि उनीहरूलाई टिकिरहन गाह्रो हुन्छ। र, बाटो मोड्न पुग्छन्। बलिउडकी केही यस्ता अभिनेत्री छन् जसको नाम देहव्यापारमा जाेडिएकाे छ।

श्वेता बसु प्रसाद

नागेश कुकुनूरको फिल्म 'इकबाल' बाट नाम कमाएकी अभिनेत्री हुन् श्वेता बसु प्रसाद। उनी 'मकडी' मा पनि देखिएकी थिइन्।

यस फिल्ममा उनले गरेको दमदार अभिनयले बेस्ट चाइल्ड आर्टिस्टको राष्ट्रिय पुरस्कार जितेकी थिइन्। 

श्वेताको नाम २०१४ मा हैदराबादको 'बन्जारा हिल्स' मा चलेको सेक्स रकेटमा आएको थियो। करिब दुई महिनासम्म रेस्क्यु होममा रहेकी उनी त्यसपछि घर फर्किएकी थिइन्।

यस अभियोगमा हैदराबाद सेसन कोर्टले श्वेतालाई क्लिन चिट दिएको थियो। श्वेता अहिले फिल्ममा व्यस्त छिन्।

शर्लिन चोपडा

बलिउडकी बोल्ड तथा ग्यामर अभिनेत्री शर्लिन चोपडाको नाम पनि सेक्स रकेटसँग जोडिएको छ। शर्लिनले आफैं सामाजिक सञ्जालमार्फत देह व्यापारमा संलग्न रहेको खुलासा गरेकी थिइन्। 

मिस्टी मुखर्जी

२०१४ सालमा प्रहरीले मिस्टी मुखर्जीको घरमा छापा मारेको थियो। यसपछि एक हाइप्रोफाइल सेक्स रकेटको खुलासा भएको थियो। 

उक्त समयमा अभिनेत्री मिस्टी मुखर्जीले सेक्ट रकेट चलाइरहेको कुरा बाहिरिएको थियो। छापा मार्दा उनलाई आपत्तिजनक अवस्थामा गिरफ्तार गरिएको थियो।

भुवनेश्वरी

बलिउडकी चर्चित अभिनेत्रीको नाम हो भुवनेश्वरी। उनको नाम पनि सेक्स रकेटमा जाेडिएकाे छ। बी ग्रेड फिल्मकी साउथ इन्डियन एक्टर भुवनेश्वरीलाई पनि चेन्नईमा एक सेक्स रकेटमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको थियो। यस प्रकरणमा उनी पहिले पनि पक्राउ परिसकेकी थिइन्।

ऐश अन्सारी

सेक्स रकेटमा दक्षिणकी चर्चित अभिनेत्री ऐश अन्सारीको नाम पनि आएको थियो। उनी बलिउड फिल्म 'चलते चलते', 'ओम शान्ति' मा देखिएकी थिइन्। ऐश अन्सारी सेक्स रकेटमा रहभागी रहेको अवस्थामा रंगेहात पक्राउ परेकी थिइन्।

अमरउजालाबाट

प्रकाशित: Apr 01, 2021| 06:38 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्