बुधबार, वैशाख ३०, २०८३

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा ६ जना सभा सदस्य थप

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा ६ जना सभा सदस्यहरू थपिएका छन्।
 |  बुधबार, चैत १८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०७७

काठमाडौं - नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा ६ जना सभा सदस्यहरू थपिएका छन्। मंगलबार ६ सदस्यलाई मनोनयन गरिएको हो।

National life

गीतकार तथा साहित्यकार बाबा बस्नेत, गायिका भूमिका सुब्बा, संगीतकार सुनिल मास्के, गायक शिशिर योगी, गायक तथा संगीतकार प्रदीप बमजन र कवि गीतकार लक्ष्मण गाम्नामे (लक्ष्मीप्रसाद भट्टराई)लाई प्राज्ञसभा सदस्यका रूपमा मनोनयन गरिएको हो।

प्रतिष्ठानमा १५ जना सभा सदस्य रहने व्यवस्था छ। यसअघि पाँच जना सभा सदस्य नियुक्त भइसकेका छन्। 

नवनियुक्त सदस्यलाई मंगलबार प्रज्ञा–प्रतिष्ठानको कार्यालय बालुवाटारमा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन)ले शपथग्रहण गराए। 
प्रतिष्ठानको प्राज्ञ सदस्यमा अझै चार जना सदस्य पद रिक्त रहेको छ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका हालको पदाधिकारी गैर कानुनी रूपमा नियुक्त भएको भन्दै उनीहरूको नियुक्त खारेजीका लागि सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । तीन वर्षअघि परेको मुद्दाको अझै सुनुवाइ नभएको अवस्थामा थप प्राज्ञ सदस्य नियुक्त गरिएको हो ।

प्रकाशित: Mar 31, 2021| 07:51 बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्