काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूबीच आज दिउँसो २ बजे छलफल हुने भएको छ। नेता प्रकाशनमान सिंह निवास चाक्सीबारीमा हुने भेलामा क्रियाशील सदस्यता विवाद समाधान लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए।
ती नेताका अनुसार पार्टीको महाधिवेशन अनिशि्चत बन्दै गएको अवस्थामा अब अपनाउनुपर्ने रणनीतिका बारेमा वरिष्ठ नेता पौडेलले अन्य नेताहरूसँग परामर्श गर्नेछन्। यसैगरी पार्टीका तर्फबाट सरकारमा पठाइने मन्त्रीहरूका विषयमा पनि छलफल हुनेछ।