शुक्रबार, कात्तिक २८, २०८२

किन शाहरुखलाई झापड हान्न चाहन्थिइन् जया

बलिउडमा 'बादशाह' नाममा परिचित अभिनेता हुन् शाहरुख खान। आफ्नै संघर्षले उनी फिल्म इन्डस्ट्रिमा स्थापित भएका हुन्।
 |  बुधबार, चैत १८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०७७

बलिउडमा 'बादशाह' नाममा परिचित अभिनेता हुन् शाहरुख खान। आफ्नै संघर्षले उनी फिल्म इन्डस्ट्रिमा स्थापित भएका हुन्।

National life

शाहरुखसँग जोकोही फिल्म खेल्न लालाइत हुन्छ। तर, एक पटक भारतीय अभितेत्री जया बच्चनले शाहरुखलाई झापड हान्न चाहेको बताएकी थिइन्।

शाहरुखले लगभग धेरै अभिनेत्रीसँग काम गरेका छन्। उनको यस लिस्टमा ऐश्वर्या राय बच्चनको नाम पनि शामिल छ।

शाहरुख र ऐश्वर्याले थुप्रै फिल्ममा एकसाथ काम गरेका छन्। र, थुप्रै सुपरहिट फिल्म पनि दिएका छन्।

'जोश', 'मोहब्बते' र 'देवदास' जस्ता उनीहरू अभिनित थुप्रै फिल्म चर्चित छन्। सोही समयमा सुपरस्टार सलमान खान ऐश्वर्याको मायामा दिवाना थिए। ऐश्वर्याले शाहरुखसँग काम गरेको सलमानलाई मन गरेको थिएन।

Laxmi sunrise bank
kumari

यही कारण एक पटक सलमान खानले सेटमा गएर शाहरुखलाई धेरै कुरा सुनाए। त्यसपछि ऐश्वर्याले फिल्म नै छोडिदिएकी थिइन्।

यही दौरान शाहरुखले ऐश्वर्याबारे केही गलत कुरा बोलेका थिए। त्यतिबेला ऐश्वर्याको बिवाह अभिनेता अभिषेक बच्चनसँग भइसकेको थियो।

बुहारीबारे नराम्रो सुनेपछि जया शाहरुखसँग रिषाएकी थिइन्। उनले आफूले शाहरुखलाई झापड हान्न चाहेको बताएकी थिइन्।

सलमान र शाहरुखको झगडापछि पिपुल्स म्यागेजिनमा दिएको अन्तरवार्तामा जयाले शाहरुखसँग रिषाएको बताएकी थिइन्। उनले अहिलेसम्म आफुले शाहरुखसँग कुरा गर्न नपाएको र आफ्नो छोरालाई झापड हाने जस्तै शाहरुखलाई पनि झापड हान्न मन भएको बताएकी थिइन्।

प्रकाशित: Mar 31, 2021| 02:42 बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्