बुधबार, वैशाख ३०, २०८३

डाइरेक्टरले गरे कंगना रनौतको तारिफ

बलिउड अभिनेत्री कंगना रनौत सामाजिक सञ्जालमा मजाले कुरा राख्नसक्ने अभिनेत्री हुन्। उनी जति फिल्मी दुनियामा सक्रिय छिन् त्यत्ति नै सामाजिक सञ्जाल ट्विटरमा पनि।
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

काठमाडौं - बलिउड अभिनेत्री कंगना रनौत सामाजिक सञ्जालमा मजाले कुरा राख्नसक्ने अभिनेत्री हुन्।

National life

उनी जति फिल्मी दुनियामा सक्रिय छिन् त्यत्ति नै सामाजिक सञ्जाल ट्विटरमा पनि।

केही दिन पहिले उनले बेस्ट अभिनेतृको नेशनल अवार्ड पाएकी थिइन्। त्यसपछि उनको चर्चा झनै चुलिएको छ। यसैबीच डाइरेक्टर विवेक रन्जन अग्रिहोत्रीले कंगनाको तारिफ गरेका छन्।

अपकमिङ फिल्म 'तेजस' को सेटबाट एक तस्बिर ट्विटरमा सार्वजनिक गर्दै कंगनाले ५० डिग्रीको तापक्रममा एक्सन सुट गरिएको जनाएकी थिइन्।

त्यसपछि उनको ट्विटमा कमेन्ट गर्दै विवेकले लेखेका छन्, 'मलाई लाग्छकी कंगनालाई लगातार काम गर्ने उर्जा र कोरोना महामारीमा पनि शानदार फिल्म गरेकोमा अवार्ड मिल्न आवश्यक छ।'

उनले विवेकको तारिफपछि आफूले राम्रा कलाकार र फिल्म मेकरसँग काम गर्न पाउनु नै ठूलो कुरा भएको बताएकी छिन्। उनले पैसा र सम्मानका लागि नभई स्नेह पूर्वक अभिनयमा होमिएको बताइन्।

प्रकाशित: Mar 29, 2021| 03:31 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्